Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

महोत्तरीमा प्रहरीले गर्यो हवाई फायर, सुरक्षाकर्मीसहित ११ जना घाइते


११ वैशाख, महोत्तरी । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।

सशस्त्र एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रु ग्यास प्रहार गरेको जनाए । स्थिति शान्तिपूर्ण नभएपछि सशस्त्रले चार राउण्ड हवाई फायर गरेको उनले बताए ।

मलहनीया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान उमेश साह, नन्द आशा र सासू र जेठाजुले यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गाउँलेले भने आरतीको सासु, नन्द र जेठाजुलाई समेत पक्राउ गरी घटना छानबिनको माग राख्दै आएका थिए ।

सोही विषयलाई लिएर गाउँका अधिकाशं महिलाले माईस्थान गौशाला सडमा टायर बालेर सोमबार अपराह्नदेखि विरोध प्रर्दशन सुरु गरेका थिए ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?