११ वैशाख, काठमाडाैँ । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको मतगणना जारी रहँदा लामिछाने ११५५ मत सहित अघि लागेका हुन् । ६५५ मत सहित दोश्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले उनलाई पछ्याइरहेका छन् ।
त्यसैगरी, ५८८ मत सहित नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार