११ चैत्र, मोरङ । विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो । वडाले ‘लक्षित वर्ग उत्थान
११ चैत्र, धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक
११ चैत्र, चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् । चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटीका कारण
११ चैत्र, काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । छलफलमा कोशी प्रदेश नामाकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको
११ चैत्र, काठमाडाैँ । कागेश्वरी मनोहरालाई खेलकुदको शहर बनाउने महत्वाकांक्षी योजनालाई नेपाली खेलकुदको सबैभन्दा महत्वपुर्ण निकाय राष्ट्रिय खेलकुद परिषद्ले पनि सहयोग गर्ने प्रतिबद्धता सहित समर्थनको हात अगाडी बढाएको छ । खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने र खेलकुदको माहोल बनाउँदै विशिष्ट योजना सहित अगाडी बढ्ने तयारीमा रहेको कागेश्वरी मनोहरा
११ चैत्र, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना
११ चैत्र, हुम्ला । बाँदरले माथिबाट ढुंगा खसाल्दा बाटो हिँड्दै गरेकी एक महिला घाइते भएकी छिन् । बादरले खसालेको ढुंगाले लागेर हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने ताजाँकोट गाउँपालिका- ४ मा सडकमा हिँडिरहेकी महिला घाइते भएकी हुन् । सडक निर्माण उपभोक्ता समितिका अध्यक्षका प्रयोगलाल ढकालले अदानचुली पर्यटन मार्ग नामको सडक खन्ने क्रममा बाँदरले
११ चैत्र, कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको जनाइन् । उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको
११ चैत्र ,महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन
१० चैत्र ,जुम्ला । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णालीका १० वटै जिल्लामा पुगेर बाल विवाह रोकथामका लागि प्रदेशस्तरीय रणनीति बनाउने भएको छ । बाल विवाह विषयमा रणनीतिक योजनाबारे जुम्लाका आठ वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत र महिला शाखाका प्रमुख र जिल्लाका सरोकारपालासँग छलफल गरेको सामाजिक विकास