Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

कागेश्वरी मनोहराको खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता


११ चैत्र, काठमाडाैँ । कागेश्वरी मनोहरालाई खेलकुदको शहर बनाउने महत्वाकांक्षी योजनालाई नेपाली खेलकुदको सबैभन्दा महत्वपुर्ण निकाय राष्ट्रिय खेलकुद परिषद्ले पनि सहयोग गर्ने प्रतिबद्धता सहित समर्थनको हात अगाडी बढाएको छ ।

खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने र खेलकुदको माहोल बनाउँदै विशिष्ट योजना सहित अगाडी बढ्ने तयारीमा रहेको कागेश्वरी मनोहरा र राष्टिय खेलकुद परिषद्बिच खेलकुद नगरीको अभियानलाई सार्थक बनाउन आवश्यक गृहकार्य सहित अगाडी बढ्ने सैद्धान्तिक सहमति भएको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिडले कागेश्वरी मनोहरा नगरपालिकाले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आँफु तत्पर रहेको बताए । विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा ब्यक्त गरिएको छ ।

कागेश्वरी मनोहराले खेल स्थल निर्माणका लागि आवश्यक जग्गाहरु उपलब्ध गराउने प्रतिबद्धता पनि सो अवसरमा मेयर उपेन्द्र कार्कीले व्यक्त गरे । कागेश्वरी मनोहराले उपलब्ध गराएका जग्गाहरुको अध्ययन गरी डिटेल प्रोजेक्ट रिर्पोट तयार गरी अगाडी बढ्नका लागी राष्टिय खेलकुद परिषदले आवश्यक बजेट विनियोजन गर्ने पनि सदस्य सचिव घिसिडले जानकारी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले खेलकुद नगरी बनाउने महाअभियानमा राष्टिय खेलकुद परिषद्लाई जोड्न पाउँदा आफुलाई गर्वको अनुभुति भएको बताए । राखेप सदस्य सचिवको खेलकुदप्रतिको लगाव र चिन्ताका कारण पनि आफनो अभियान सोचे भन्दा सफल हुने मेयर कार्कीको दावी छ ।

कार्यक्रममा राखेपका विभिन्न शाखाका प्रमुखहरु, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजय बडतौला, वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल, वडा नं ७ का वडा अध्यक्ष भिम थापा, नगरपालिकाको इन्जिनियरिड. शाखा, खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिका पदाधिकारी लगायतको उपस्थिति थियो ।

यसै बिच कागेश्वरी मनोहरा नगरपालिकाले आगामी मेमा काठमाण्डौमा आयोजना हुने एसिसि मेन्स प्रिमियर लिग क्रिकेट प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा पनि संचालन हुने विषयले आफुलाई थप हर्षित बनाएको बताउदै सो प्रतियोगिता सफल बनाउनका लागि नगरपालिकाले सबै खालका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?