Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते


११ चैत्र, चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् ।

चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटीका कारण भएको देखिएको छ ।

कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । आगलागीको समय सुरु हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गरे । उनले जिल्लामा अहिले आपत्कालीन कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिए ।

उनले भने, “सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, सुरक्षा निकायका सबै अङ्ग, सामुदायिक वन महासङ्घ, रेडक्रस जस्ता संस्थाको सहभागितामा कार्ययोजना निर्माणको काम भइरहेको छ ।” चैत १५ गतेसम्म कार्ययोजना तयार हुने जनाउँदै उनले यो कार्यान्वयनमा आएसँगै आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने बताए ।

गर्मी मौसम बढेसँगै विभिन्न कारणले आगलागी हुने गरेकाले यसको नियन्त्रणका लागि जनचेतना महत्वपूर्ण हुने उनको भनाइ छ । स्थानीय प्रशासनले जिल्लामा रहेका सात पालिकालाई नै जनचेतनाका कार्यक्रमका लागि आग्रह गरिएको उनले जानकारी दिए ।

उनले भने, “हामीले पूर्वतयारी गरिरहेका छौँ ।” पालिकामा रहेका दमकल, एम्बुलेन्स र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको उनले बताए । मौसममा आएको परिवर्तनसँगै हुने हावाहुरी, डढेलो र चट्याङ जस्ता कारणले आगलागी बढी हुने गरेको छ ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?