Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण


११ चैत्र, कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको जनाइन् । उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको बताइन् । कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै यहाँको विकासमा सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले संसदीय गतिविधि सम्प्रेषणमा पत्रकारको योगदान महत्वपूर्ण  भएको उल्लेख गरिन् । कर्णाली प्रदेशसभाले खुला संसद्को अभ्यास गरेर जनतामा लोकतान्त्रिक व्यवस्थाको अनुभूति दिलाएको उनले जिकिर गरिन् । पछिल्लो समय प्रदेशसभा सचिवालयमा विधेयक दर्ता नभएको जनाउँदै सचिव बुढाथोकीले कार्य व्यवस्था परामर्श समितिसहित चारवटा विषयगत समितिको पनि गठन हुन नसक्दा काम कारबाही नदेखिएको बताए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?