Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण


११ चैत्र, कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको जनाइन् । उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको बताइन् । कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै यहाँको विकासमा सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले संसदीय गतिविधि सम्प्रेषणमा पत्रकारको योगदान महत्वपूर्ण  भएको उल्लेख गरिन् । कर्णाली प्रदेशसभाले खुला संसद्को अभ्यास गरेर जनतामा लोकतान्त्रिक व्यवस्थाको अनुभूति दिलाएको उनले जिकिर गरिन् । पछिल्लो समय प्रदेशसभा सचिवालयमा विधेयक दर्ता नभएको जनाउँदै सचिव बुढाथोकीले कार्य व्यवस्था परामर्श समितिसहित चारवटा विषयगत समितिको पनि गठन हुन नसक्दा काम कारबाही नदेखिएको बताए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?