२५ असार ,भरतपुर । वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन,
२५ असार ,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु ५६ लाखमा ठेक्का सम्झौता भएको भवन
२४ असार ,ताप्लेजुङ । असारको पहिलो सातामा गएको बाढी र पहिराबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ । नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामको पहलमा सङ्कलित राहत सामग्री शनिबार वितरण भएको हो । प्रभावितप्रति परिवारलाई २५ किलोका दरले चामलसहित नुन,
२४ असार ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा (एमाले) प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रस्ट पारे । मुख्यमन्त्री थापाले प्रदेशमा साउन
२४ असार ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ । कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु एक लाख ५० हजार
२४ असार ,बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मङ्गलबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ । बाँध खोलेका बेला र
२४ असार ,बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ । डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रसारण लाइनको तार टुटेपछि बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सेवा सञ्चालन
२४ असार ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा–३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालको आज निरीक्षण गरेका छन् । सो क्रममा उनले नागरिकलाई अहिलेको भन्दा विस्तारित र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन दिए । प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालमा आउने बिरामीलाई सहज र सहुलियतमा सुविधा
२४ असार ,नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए । “यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौँ, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौँ”, मुख्यमन्त्री
२४ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर