Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

स्तरीय उपचार सेवामा मुख्यमन्त्री पाण्डेको जोड


२४ असार ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा–३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालको आज निरीक्षण गरेका छन् ।

सो क्रममा उनले नागरिकलाई अहिलेको भन्दा विस्तारित र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन दिए । प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालमा आउने बिरामीलाई सहज र सहुलियतमा सुविधा दिनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।

उनले अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले लगानी गर्दै जाने बताए । मुख्यमन्त्री पाण्डेले बिरामीको सहजताका लागि अस्पतालमा ‘लिफ्ट’ सुविधा राख्न सुझाव दिए ।

उनले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार सेवा, जनशक्ति, उपकरणको उपलब्धता, भौगोलिक संरचना लगायतका बारेमा जानकारी लिएका थिए ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, अस्पतालका चिकित्सक विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए ।

उक्त अस्पतालले छिट्टै डायलासिस सेवा पनि सुरु गर्ने तयारी गरिरहेको छ । अस्पतालको भवन पनि निर्माणाधीन अवस्थामा छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?