सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा पछिल्ला तीन दिनमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो । तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट
बैतडी । परराष्ट्रमन्त्री एनपी साउदले जननिर्वाचित प्रतिनिधिहरुले मतदाताको योगदान भुल्न नहुने बताएका छन्। नेपाली कांग्रेस बैतडीले शनिवार पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले आफूलाई मत दिएर जिताउने मतदाताको योगदान भुल्न नहुने बताएका हुन्। 'जुनसुकै तहको सरकारमा भए पनि हामी जनप्रतिनिधिहरुले हामीलाई यो स्थानमा पुर्याउने मतदाताहरुको योगदान बिर्सन
गोरखा। भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरबारको गर्भगृहमा पुनःस्थापना गरिएको छ । भूकम्पका कारण भग्नावशेष अवस्थामा रहेको राजगद्दी मर्मतसम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिए । “भूकम्पले दरबारमा क्षति पुगेपछि दरबारमा रहेको
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दाङमा १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘बाँकेको नेपालगञ्जबाट
बैतडी। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीका अनुसार टोलीका अन्य खेलाडीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर
बझाङ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार भूकम्पको पराकम्पको गइरहेको छ । सदरमुकाम
गलकोट,बागलुङ। बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको हो । कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको
काठमाडौं। सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा समन्वय समिति बनाउने केन्द्रीय निर्णय अनुसार बागमतीमा समन्वय समिति गठन गरिएको छ । बागमतीमा तीन सदस्यीय समन्वय समिति गठन गरिएको छ । एकीकृत
कर्णाली। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ ९तीन सेट० जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो । उक्त खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई
काठमाडौं। मधेश प्रदेश सरकारले अबदेखि माघ ३ गतेका दिन स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो। त्यस्तै, २०७८ साल माघ ३ गतेका दिन प्रदेश सभाको बैठकबाट