Trending
>>   हङकङमा आँधीको चेतावनी जारी >>   टर्किएमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३३ घाइते >>   साउनको पहिलो सोमवार आज, पशुपतिमा भक्तजनको भीड (तस्बिरसहित) >>   वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम >>   मौसम : यी प्रदेशमा आज मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०५ गते सोमबार >>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार >>   शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं >>   आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

गोरखा दरबारको गर्भगृहमा पृथ्वीनारायणको राजगद्दी पुनःस्थापना


गोरखा। भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरबारको गर्भगृहमा पुनःस्थापना गरिएको छ ।
भूकम्पका कारण भग्नावशेष अवस्थामा रहेको राजगद्दी मर्मतसम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिए । “भूकम्पले दरबारमा क्षति पुगेपछि दरबारमा रहेको ऐतिहासिक राजगद्दी पनि दरबार परिसरमा भग्नावशेष अवस्थामा थियो”,  प्रमुख पाठकले भने , “त्यसलाई पुरातात्विक तथा ऐतिहासिक महत्व नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाउँमा राखिएको छ ।” भूकम्पपछि दरबार पुनःनिर्माणका क्रममा राजगद्दी पनि भग्नावशेष अवस्थामा रहेको थियो ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पबाट राजगद्दी र पृथ्वीनारायण शाहको बाल्यकालमा सेक ताप गरिएको भनिएको अँगेनाको ध्वनि पनि भूकम्पपछि बन्द भएको थियो ।  पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राजगद्दी साविककै स्थानमा राखिएको हो । गर्भगृहमा राजगद्दी राखिएसँगै अबदेखि गोरखा दरबार पुग्ने नागरिकले मूलदरबारमा राखिएको ऐतिहासिक गद्दी हेर्न पाउनेछन् ।
“विगतमा जस्तै अबदेखि गर्भगृहमा राखिएको राजगद्दी दरबार बाहिरको झ्यालबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ”, प्रमुख पाठकले भन्नुभयो, “दरबारमा विगतमा बलिरहेको ध्वनिलाई निरन्तर गर्ने गरी कामको थालनीसमेत भएको छ ।”
भूकम्पले क्षति पुर्याएको  मूलदरबार, कालिका मन्दिर, रङगमहल, गोरखानाथगुफालगायतका अधिकांश संरचना पुनःनिर्माण र मर्मत गर्ने कार्य लगभग सकिएपछि राजगद्दी पनि देखाउने उपयुक्त हुने भएकाले आवश्यक मर्मत गरी पुरानै ठाउँमा राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २८ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?