Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

टर्किएमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३३ घाइते


एजेन्सी। टर्किएको मध्य सिभास प्रान्तको इमरानली जिल्लामा यात्रुवाहक बस पहाडमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । अन्य ३३ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ ।

पूर्वी आग्री प्रान्तबाट पश्चिमी इज्मिर प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस सिभास–एर्जिन्कान राजमार्गको कुज्कोय गाउँ नजिकै पहाडमा ठोक्किँदा दुर्घटनाग्रस्त भयो । घाइतेमध्ये एक गम्भीर अवस्थामा रहेको बताइएको छ ।

सुरक्षा महानिर्देशनालयकाअनुसार २०२४ मा टर्किएभरि २ हजार ७ सय १३ जनाको मृत्यु भएको छ । इस्तानबुल, अंकारा र इज्मिरमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । इस्तानबुलमा मात्र ९७ हजार ३ सय ५४ घटनाहरू रेकर्ड गरिएका छन् । गत वर्ष टर्कीमा घातक दुर्घटनाहरूको प्रमुख कारण तिब्र गति थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?