Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

टर्किएमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३३ घाइते


एजेन्सी। टर्किएको मध्य सिभास प्रान्तको इमरानली जिल्लामा यात्रुवाहक बस पहाडमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । अन्य ३३ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ ।

पूर्वी आग्री प्रान्तबाट पश्चिमी इज्मिर प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस सिभास–एर्जिन्कान राजमार्गको कुज्कोय गाउँ नजिकै पहाडमा ठोक्किँदा दुर्घटनाग्रस्त भयो । घाइतेमध्ये एक गम्भीर अवस्थामा रहेको बताइएको छ ।

सुरक्षा महानिर्देशनालयकाअनुसार २०२४ मा टर्किएभरि २ हजार ७ सय १३ जनाको मृत्यु भएको छ । इस्तानबुल, अंकारा र इज्मिरमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । इस्तानबुलमा मात्र ९७ हजार ३ सय ५४ घटनाहरू रेकर्ड गरिएका छन् । गत वर्ष टर्कीमा घातक दुर्घटनाहरूको प्रमुख कारण तिब्र गति थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?