Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दाङ दुर्घटनाका घाइतेको उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दाङमा १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु। दुर्घटनामा मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु।’

गएराति बाँकेको नेपालगन्जबाट काठमाडौँका आइरहेको नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस दाङको भालुबाङनिर राप्ती नदीमा खसेको थियो । घटनामा १२ जनको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।
दुर्घटनामा घाइते भएकाहरुको बुटवल, नेपालगञ्ज र भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २८ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?