२७ वैशाख ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं
२७ वैशाख ,ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका
२७ वैशाख ,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकि छन् । उनले आज सो माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदनसमेत दिएकि छन् । उनले साइबर
२७ वैशाख ,काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताएका छन् । आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी
२७ वैशाख ,नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोली समेत
२७ वैशाख ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताए । उनले भने, “सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय,
२७ वैशाख ,अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको हो । मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै
२७ वैशाख ,काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले संसद्मा विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन् । बैठक सुरु हुने वित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले बोल्नका लागि समय माग गर्दा सभामुख घिमिरेले समय दिन
२७ वैशाख ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन् । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र
२७ वैशाख ,काठमाडौँ । जनता समाजवादी पार्टी,(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उहाँका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ ।