Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: ‘म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे?’ >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

अर्घाखाँची आगलागी अपडेट : थप एकको मृत्यु


२७ वैशाख ,अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।

मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएकामा उपचारका लागि लैजाँदै गर्दा बाटो र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले बताए ।

आगलागीमा परी घाइते भएका तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पताल पुगेपछि मृत्युु भएको उपचारमा संलग्न स्थानीय विष्णु वेल्वासेले बताए ।

साथै ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएका छन् । सन्धिखर्क नगरपालिका–४ वाङलामा रहेको मुस्लिम बस्तीमा आगालागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् ।

कम्तीमा चार भैँसी जलेका छन् । कुखुरा फर्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका आठ घरगोठ जलेर नष्ट भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?