बनियानी (झापा) । झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर-७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरीत
जलेश्वर (महोत्तरी) । बडादसैँको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा विसर्जन गरिएको छ । दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान् शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई बरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी
काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप मकैडाँडा मोडमा आज बिहान ११ः२० मा दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ । गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएकाे र अन्य घाइतेकाे जिल्ला
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मल निवासमा दिउँसो ४ बजेपछि पुर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहने भएको छ । उहाँले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विजया
काठमाडौँ । बडादसैँको २०८१ को अवसरमा यात्रुहरुको सहजताका लागि सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते) काठमाडौँको रिङरोडमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । आज बिहान ६ बजेबाट शुरु भएको निःशुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा
राजविराज । बडादसैँको अवसरमा सप्तरीको छिन्नमस्ता र कंकालिनी भगवती मन्दिरमा पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित उक्त मन्दिरमा पुष्पवृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए । ‘धार्मिक आस्था र
काठमाडौँ । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा यो वर्ष भने दर्शनार्थीको घुइँचो गतवर्षको तुलनामा कम देखिएको छ । काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष विनोदकुमार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गर्न लागिपरेको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्,‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मारबाडी सेवा समितिको विरोधका बीच ‘पशुपति गौशाला धर्मशाला’ को पुरानो बोर्ड हटाएर ‘काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको बोर्ड राखेको हो। पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ ।