Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

५ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए । आज बिहान को २ त३२१६ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा

बलात्कार कसुरमा साढे ९ वर्ष कैद

५ जेठ, तनहुँ । बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यकोे इजलासले उक्त फैसला गरेको हो ।

माटो परीक्षणमा कृषक अनिच्छुक

५ जेठ,  पर्वत । खेतबारीमा जति मिहेनत गरिएको हुन्छ त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोज्न थालेको अवस्था छ । कतिपयले व्यावसायिक रूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् । यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेती बाली लगाउनु

किसानलाई सधैँ सिँचाइकै पिरलो

५ जेठ, बागलुङ । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि जिल्लाको माथिल्लो क्षेत्रमा भने आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ । उच्च क्षेत्र उर्वर भए पनि

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

५ जेठ, चितवन । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । “गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण

१८ खानेपानी उद्योगमा १२ करोड लगानी

५ जेठ, दाङ । दाङमा शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा सञ्चालित खानेपानी उद्योगमा चालु पुँजी रू

रोशीका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित

५ जेठ, काभ्रे । रोशी गाउँपालिकाले ज्येष्ठ नागरिको निःशुल्क स्वास्थ्य बीमा अभियान सञ्चालन गरेपछि यहाँका नागरिकको स्वास्थ्य बीमातर्फ आकर्षण बढेको छ । उक्त गाउँपालिकाले यसै आर्थिक वर्षमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसँगै परिवारका अन्य चार सदस्यको शुल्क बेहोर्ने व्यवस्था गरेकाले स्वास्थ्य बीमा गर्नेको सङ्ख्या वृद्धि भएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा

महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत सुरू

५ जेठ, खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले काम अलपत्र छाडेर हिँडेपछि सडक विभागको कार्यालय गाईघाट उदयपुरले सोही ठेकेदार कम्पनीको धरौटी रकमबाट

आज विस्तार हुँदै सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल

५ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको १०० पुगेकै दिन आज (शुक्रबार) मन्त्रीमण्डल विस्तार हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका १०० दिन पुगेको अवसरमा आयोजना गरेका कार्यक्रममा सो कुरा जानकारी दिएका हुन् । नवनियुक्त हुने मन्त्रीहरूको आज साँझसम्म भए पनि पद तथा गोपनीयताको शपथग्रहण हुने मुख्यमन्त्री शाहले बताए

हात्ती प्रजनन् केन्द्रमा ४१ हात्ती जन्मिए

५ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिएका छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन् । विसं २००६ देखिका हात्तीहरु अहिले खोरसोरमा रहेका छन् । खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अन्य

सम्वन्धित समाचारहरु