Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

आज विस्तार हुँदै सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल


५ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको १०० पुगेकै दिन आज (शुक्रबार) मन्त्रीमण्डल विस्तार हुने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका १०० दिन पुगेको अवसरमा आयोजना गरेका कार्यक्रममा सो कुरा जानकारी दिएका हुन् । नवनियुक्त हुने मन्त्रीहरूको आज साँझसम्म भए पनि पद तथा गोपनीयताको शपथग्रहण हुने मुख्यमन्त्री शाहले बताए ।

मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था भए पनि अहिले मुख्यमन्त्री र दुई मन्त्री मात्र सरकारमा छन् । आज विस्तार हुने मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का झपटबहादुर साउद (अछाम) सामाजिक विकास मन्त्री र रमेशसिंह धामी (कैलाली) उद्योग, वन तथा वातावरण मन्त्री हुनु हुने भएको छ । माओवादीबाटै गीता माल (डडेलधुरा) राज्यमन्त्री हुने भए पनि उनको मन्त्रालय बारे टुङ्गो नलागेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रेसम चौधरी संरक्षक रहेको उन्मुक्ति पार्टीलाई दिइने सहमति भएको भए पनि सो पार्टीले मन्त्रीको नाम छानेको छैन । उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीमध्ये एक जना मन्त्री र राज्यमन्त्री पाउँदा टीका थापा हुने चर्चा छ ।

यस्तै नेपाली कांग्रेसले पाउने भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लागि मन्त्रीको नाम पनि टुङ्गो लागेको छैन । अहिले नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही आर्थिक मामिला मन्त्री छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?