Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आज विस्तार हुँदै सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल


५ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको १०० पुगेकै दिन आज (शुक्रबार) मन्त्रीमण्डल विस्तार हुने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका १०० दिन पुगेको अवसरमा आयोजना गरेका कार्यक्रममा सो कुरा जानकारी दिएका हुन् । नवनियुक्त हुने मन्त्रीहरूको आज साँझसम्म भए पनि पद तथा गोपनीयताको शपथग्रहण हुने मुख्यमन्त्री शाहले बताए ।

मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था भए पनि अहिले मुख्यमन्त्री र दुई मन्त्री मात्र सरकारमा छन् । आज विस्तार हुने मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का झपटबहादुर साउद (अछाम) सामाजिक विकास मन्त्री र रमेशसिंह धामी (कैलाली) उद्योग, वन तथा वातावरण मन्त्री हुनु हुने भएको छ । माओवादीबाटै गीता माल (डडेलधुरा) राज्यमन्त्री हुने भए पनि उनको मन्त्रालय बारे टुङ्गो नलागेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रेसम चौधरी संरक्षक रहेको उन्मुक्ति पार्टीलाई दिइने सहमति भएको भए पनि सो पार्टीले मन्त्रीको नाम छानेको छैन । उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीमध्ये एक जना मन्त्री र राज्यमन्त्री पाउँदा टीका थापा हुने चर्चा छ ।

यस्तै नेपाली कांग्रेसले पाउने भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लागि मन्त्रीको नाम पनि टुङ्गो लागेको छैन । अहिले नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही आर्थिक मामिला मन्त्री छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?