Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भलिबल : पुलिस र आर्मीको जित


सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो । तेस्तै तेस्रो सेट पुलिस क्लब २५–८ ले विजयी भयो । यस जितसँगै पुलिसले प्रतियोगितामा तीन अङ्क जोडेको छ । यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब कृष्ण माध्यमिक एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ । आर्मीले कृष्ण माध्यमिक एकेडेमीमाथि पहिलो सेट २५–३ ले पराजित गर्यो भने खेलको दोस्रो सेट २५–५ ले हरायो । त्यस्तै आर्मीले खेलको तेस्रो सेट २५–१० आफ्नो पक्षमा पार्दै आफ्नो टोलीको जित सुनिश्चित ग¥यो ।

च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?