Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

बाबुकाे पुरानो कार उपहारः मुल्यांकन र कदरकाे अर्थ !


एक पिताले छोरीलाई भने “तिमीले मास्टर डिग्री पूरा गर्‍यौं, बधाई छ! अब म तिमीलाई मैले एक जमानामा किनेको पुरानो कार उपहार दिन चाहन्छु। यो अब धेरै पुरानो भइसकेको छ। तर मैले यो कार तिमीलाई दिनु अघि यसलाई तल बजारमा पुराना प्रयोग भइसकेका कारहरु किन्ने पसलमा गएर सोध `म यसलाई बिक्री गर्न चाहन्छु यसको मुल्य कति दिनुहुन्छ?´”

छोरीले कार लगेर देखाइन् र फर्कि आएर बुबालाई भनिन्, “तिनीहरुले यो कारलाई १ लाख रुपैयाँ दिन्छौं भने। किनकि यो कार धेरै थोत्रो भइसकेको छ।” बुबाले भने, अब “यो कारलाई यसको पार्टपुर्जा किन्ने ठाउँमा गए्र यसको मूल्य सोध।” छोरी त्यहाँ पनि गएर सोधिसकेपछि फर्केर बुबालाई भनिन्, “तिनीहरुले त जम्मा २० हजार रुपैयाँ मात्र दिन्छौं भने किनकी यो ज्यादै पुरानो भइसकेको छ।”

बुबाले फेरि त्यो कारलाई पुराना कारहरु संकलन गर्ने क्लवमा लगेर त्यसको मूल्य सोध्न छोरीलाई पठाए। त्यसपछि छोरीले त्यो कारलाई लिएर क्लबमा गईन् र त्यसको मुल्य सोधिन्। छोरीले फर्केर बुबालाई सुनाइन्, क्लवका केही मानिसहरुले यो कारको १ करोड रूपयाँ सम्म दिन्छु भने किनभने यो एक बिशिस्ट कार भएकोले धेरै कार संग्रहकर्ताहरुले खोजिरहेका छन्।”

तब बुबाले छोरीलाई भने, “तिम्रो ठिक मुल्यांकन ठिक ठाउँमा मात्र हुन्छ। यदि कसैले तिमीलाई सही मुल्यांकन गरेन भने नरिसाऊ, यसको अर्थ तिमी गलत ठाउँमा छौ। तिमिलाई सही मुल्यांकन गर्नेहरूले तिम्रो कदर गर्छन्। जहाँ तिम्रो महत्व कसैले देख्दैन त्यहाँ कहिले पनि नबस्नू।”


प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?