Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

कवाड हटाउन अझै अटेर गरे फेरि डोजर चल्छः नगर प्रहरी प्रमुख पाण्डे


काठमाडौं। काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरितका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदा समेत नमानेको कारणले जबरजस्ति गर्नुपरेको बतए ।

उनले कवाड व्यवसायमा रोक लगाउन नगर प्रहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरुलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाउदै उनले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरे । कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले बताए ।

उनले भने, ‘विगत केही दिनदेखि सामाजिक सञ्जाल लगायत केही मिडियाहरुमा चाहीँ कवाडको विषयमा विभिन्न टिकाटिप्पणी, विभिन्न फोरममा छलफल भएको गुनासोहरु आएको छ । खासगरी स्थानीय जन गुनासोका आधारमा आवास क्षेत्रमा विषेशगरी आवस क्षेत्रमा जोखिम भयो कवाडी हटाउनुप¥यो भन्ने जन गुनासोको आधारमा काठमाडौं महानगरको नगरसभाको बैठकले आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडि राख्ने र व्यवस्थापन गर्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने भन्ने निर्णय बमोजिम हामीले विभिन्न स्थानमा रहेको कवाड गोदाममा गएर सम्झाउनेर बुझाउने लगायतका क्रियाकलाप गरेको र महानगरबाट सूचना समेत जारी भएको छ । गोदाममा गएर हामीले त्यो सूचना समेत दिएको र त्यो दिदादिदै पनि विभिन्न कवाड व्यवसायिहरुले चाँही विभिन्न अदालतमा मुद्दा राखेको र उहाँहरुले राखेको माग समेत खारेज भइसकेको अवस्थामा महानगरभित्रको आवासीय क्षेत्रमा जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्ड विपरितका टहरा निर्माण गरि कवाडी व्यवसाय सञ्चालन गरिरहेको सन्दर्भमा हामीले निरन्तर सम्झाउँदा समेत नमानेको र उहाँहरुले अटेर गरेको र हामीले हटाउन जाँदाखेरि जबरजस्ति गर्ने र विभिन्न किसिमका हातहतियार लिएर नगरप्रहरीमाथि आक्रमण गरेको र त्यो आक्रमण गरेको विषयलाई लिएर सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।’

उनले अझैपनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको बताए । महानगर प्रहरी स्थानीय तहको प्रहरी भएको कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उनको भनाइ छ । उनले चैत /वैशाखमा आउने हुरिले टहराहरु उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरु हटाउन स्थानीयलाई आग्रह गरे। कवाड हटाउन अझै अटेर गरेको अवस्थामा महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुने उनको भनाइ छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?