Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कवाड हटाउन अझै अटेर गरे फेरि डोजर चल्छः नगर प्रहरी प्रमुख पाण्डे


काठमाडौं। काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरितका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदा समेत नमानेको कारणले जबरजस्ति गर्नुपरेको बतए ।

उनले कवाड व्यवसायमा रोक लगाउन नगर प्रहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरुलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाउदै उनले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरे । कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले बताए ।

उनले भने, ‘विगत केही दिनदेखि सामाजिक सञ्जाल लगायत केही मिडियाहरुमा चाहीँ कवाडको विषयमा विभिन्न टिकाटिप्पणी, विभिन्न फोरममा छलफल भएको गुनासोहरु आएको छ । खासगरी स्थानीय जन गुनासोका आधारमा आवास क्षेत्रमा विषेशगरी आवस क्षेत्रमा जोखिम भयो कवाडी हटाउनुप¥यो भन्ने जन गुनासोको आधारमा काठमाडौं महानगरको नगरसभाको बैठकले आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडि राख्ने र व्यवस्थापन गर्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने भन्ने निर्णय बमोजिम हामीले विभिन्न स्थानमा रहेको कवाड गोदाममा गएर सम्झाउनेर बुझाउने लगायतका क्रियाकलाप गरेको र महानगरबाट सूचना समेत जारी भएको छ । गोदाममा गएर हामीले त्यो सूचना समेत दिएको र त्यो दिदादिदै पनि विभिन्न कवाड व्यवसायिहरुले चाँही विभिन्न अदालतमा मुद्दा राखेको र उहाँहरुले राखेको माग समेत खारेज भइसकेको अवस्थामा महानगरभित्रको आवासीय क्षेत्रमा जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्ड विपरितका टहरा निर्माण गरि कवाडी व्यवसाय सञ्चालन गरिरहेको सन्दर्भमा हामीले निरन्तर सम्झाउँदा समेत नमानेको र उहाँहरुले अटेर गरेको र हामीले हटाउन जाँदाखेरि जबरजस्ति गर्ने र विभिन्न किसिमका हातहतियार लिएर नगरप्रहरीमाथि आक्रमण गरेको र त्यो आक्रमण गरेको विषयलाई लिएर सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।’

उनले अझैपनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको बताए । महानगर प्रहरी स्थानीय तहको प्रहरी भएको कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उनको भनाइ छ । उनले चैत /वैशाखमा आउने हुरिले टहराहरु उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरु हटाउन स्थानीयलाई आग्रह गरे। कवाड हटाउन अझै अटेर गरेको अवस्थामा महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुने उनको भनाइ छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?