Trending
>>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०८ गते बिहिबार >>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

प्रणय दिवस कि एक दिने खुल्ला यौन दिवस ?


  • सुमिना

प्रेम प्राकृतिक कुरा हो जसलाई हुन गराउन यी “भ्यालेन्टाइन डे” जस्ता कुनै साप्ताहिक प्रक्रिया र औपचारिकताको आवश्यकता पर्दैन । प्रेम यी हर नियम र औपचारिकताबाट स्वतन्त्र हुन्छ । जसलाई औपचारिकता र प्रक्रियाहरूको बन्धनले घेरिन्छ त्यो स्वतन्त्र प्रेम नभएर एउटा सम्झौतामा आधारित सम्बन्ध हुन्छ । यो निश्चित हुँदैन कि त्यो प्रेम नै हुन्छ ।

जसरी परम्परागत विवाह हुन गराउन एउटा प्रक्रिया पार गर्नुपर्ने सामाजिक नियम स्थापित गरिएको छ समाजमा । वर्ग , स्तरको मोलमोलाइ, हेर्ने , मन पराउने , माग्ने र विवाहको नाममा सम्बन्धको वैधानिक सम्झौता गर्ने । कथित भ्यालेन्टाइन डे को नाममा प्रेमलाई त्यसरी नै औपचारिक र प्रक्रियागत बनाइएको छ । जुन स्वतन्त्र प्रेम सम्बन्धको मूल मर्म विपरीत छ । चिठी लेख्ने , प्रपोज गर्ने , गुलाब दिने , गिफ्ट पठाउने र अन्ततः डेटिङ बस्ने । के प्रेम गर्नेहरू वर्षभरि प्रेमहीन भएर बसेका हुन्छन् ?

मलाई के लाग्छ भने अहिले हामीकहाँ व्यापक बन्दै गई रहेको यो “भ्यालेन्टाइन डे” कुनै प्रेम दिवस नभएर यसको औचित्य अश्लील एक दिने “खुल्ला यौन दिवस”मा परिणत भएको छ । एक हप्ता अघिबाट यसको प्रक्रिया सुरु गरिन्छ । ‘भ्यालेन्टाइन डे त हो नि’ भनेर एक दिने डेटिङको लागि एक हप्ताबाट प्रस्ताव , गिफ्टहरूको प्रक्रिया पूरा गरिन्छ । नयाँ नयाँ सम्बन्धहरूको अभ्यासमा मेहनत गरिन्छ ।

सामन्तवादको धङधङी बाट यौन र प्रेममा उदार हुन नसकिरहेको समाज र अर्को तर्फ त्यसमा छलाङ हानेर यौनमा अश्लील र छाडा प्रयोग सहित विकृत पुँजीवादलाई अङ्गाल्न आतुर बनिरहेको समाजको असन्तुलित विरोधाभास हो यो ।

रोज जे , गिफ्ट डे को नाममा करोडौँको नक्कली गुलाब र बजारिया सामाग्रीहरूको खपत हुने यस्ता पर्वलाई उपभोक्तावादले जबरजस्त स्थापित र विस्तारित गरिरहेको छ । कृत्रिम फूल र महंङ्गा उपहारहरूसँग साटेर प्रेमलाई नै महँगो विकृत र भद्दा बनाएको छ ।

एउटा उर्दु सायरले लेखेका छन् –
इक शहंशाह ने दौलत का सहारा ले कर, हम गरीबों की मोहब्बत का उडाया है मजाक ।

यसले आपसी प्रेम सद्भावलाई गहन बनाउने भन्दा पनि एक हप्ता अघिबाटै बाटोघाटो मातिँदै हिँड्ने यौनमा अराजक युवा भिड एककट्ठा गर्ने र मान्छेको मानसिकतालाई नै उशृङ्खल यौनको विकृतिमय खाडलतर्फ धकेल्न प्रोत्साहन गर्ने काम गर्छ । (यधपी यौन आफैमा विकृत , उशृङ्खल भने होइन ,तर यसको पनि अनुशासन हुन्छ )।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?