Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

प्रणय दिवस कि एक दिने खुल्ला यौन दिवस ?


  • सुमिना

प्रेम प्राकृतिक कुरा हो जसलाई हुन गराउन यी “भ्यालेन्टाइन डे” जस्ता कुनै साप्ताहिक प्रक्रिया र औपचारिकताको आवश्यकता पर्दैन । प्रेम यी हर नियम र औपचारिकताबाट स्वतन्त्र हुन्छ । जसलाई औपचारिकता र प्रक्रियाहरूको बन्धनले घेरिन्छ त्यो स्वतन्त्र प्रेम नभएर एउटा सम्झौतामा आधारित सम्बन्ध हुन्छ । यो निश्चित हुँदैन कि त्यो प्रेम नै हुन्छ ।

जसरी परम्परागत विवाह हुन गराउन एउटा प्रक्रिया पार गर्नुपर्ने सामाजिक नियम स्थापित गरिएको छ समाजमा । वर्ग , स्तरको मोलमोलाइ, हेर्ने , मन पराउने , माग्ने र विवाहको नाममा सम्बन्धको वैधानिक सम्झौता गर्ने । कथित भ्यालेन्टाइन डे को नाममा प्रेमलाई त्यसरी नै औपचारिक र प्रक्रियागत बनाइएको छ । जुन स्वतन्त्र प्रेम सम्बन्धको मूल मर्म विपरीत छ । चिठी लेख्ने , प्रपोज गर्ने , गुलाब दिने , गिफ्ट पठाउने र अन्ततः डेटिङ बस्ने । के प्रेम गर्नेहरू वर्षभरि प्रेमहीन भएर बसेका हुन्छन् ?

मलाई के लाग्छ भने अहिले हामीकहाँ व्यापक बन्दै गई रहेको यो “भ्यालेन्टाइन डे” कुनै प्रेम दिवस नभएर यसको औचित्य अश्लील एक दिने “खुल्ला यौन दिवस”मा परिणत भएको छ । एक हप्ता अघिबाट यसको प्रक्रिया सुरु गरिन्छ । ‘भ्यालेन्टाइन डे त हो नि’ भनेर एक दिने डेटिङको लागि एक हप्ताबाट प्रस्ताव , गिफ्टहरूको प्रक्रिया पूरा गरिन्छ । नयाँ नयाँ सम्बन्धहरूको अभ्यासमा मेहनत गरिन्छ ।

सामन्तवादको धङधङी बाट यौन र प्रेममा उदार हुन नसकिरहेको समाज र अर्को तर्फ त्यसमा छलाङ हानेर यौनमा अश्लील र छाडा प्रयोग सहित विकृत पुँजीवादलाई अङ्गाल्न आतुर बनिरहेको समाजको असन्तुलित विरोधाभास हो यो ।

रोज जे , गिफ्ट डे को नाममा करोडौँको नक्कली गुलाब र बजारिया सामाग्रीहरूको खपत हुने यस्ता पर्वलाई उपभोक्तावादले जबरजस्त स्थापित र विस्तारित गरिरहेको छ । कृत्रिम फूल र महंङ्गा उपहारहरूसँग साटेर प्रेमलाई नै महँगो विकृत र भद्दा बनाएको छ ।

एउटा उर्दु सायरले लेखेका छन् –
इक शहंशाह ने दौलत का सहारा ले कर, हम गरीबों की मोहब्बत का उडाया है मजाक ।

यसले आपसी प्रेम सद्भावलाई गहन बनाउने भन्दा पनि एक हप्ता अघिबाटै बाटोघाटो मातिँदै हिँड्ने यौनमा अराजक युवा भिड एककट्ठा गर्ने र मान्छेको मानसिकतालाई नै उशृङ्खल यौनको विकृतिमय खाडलतर्फ धकेल्न प्रोत्साहन गर्ने काम गर्छ । (यधपी यौन आफैमा विकृत , उशृङ्खल भने होइन ,तर यसको पनि अनुशासन हुन्छ )।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?