Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

माछाकाे बिद्राेह !


एमआर शर्मा । एक दिन एउटा पोखरीमा रहेका माछाहरूमध्ये एक माछाले पोखरीका अन्य माछाहरूसँग भेला भएर भन्यो, “यो पोखरी सानो छ, हामी संख्यामा धेरै भयौं। कुनै विकल्प रोजौँ, यदि हामी पोखरीको बाहिर ठूलो पोखरी या समुन्द्रमा भए भने आनन्दले घुम्न पाइन्थ्यो। यो सानो पोखरीमा कति माछा अटाउलान्?” यसरी माछाहरूमा विचार विमर्श र सल्लाह सुरू भयो।

यसैबीच अर्को माछाले प्रस्ताव राख्दै भन्यो, “हामी यो पोखरीको चारै कुनालाई खनौँ र ठूलो पोखरी बनाऔँ।” यस्तै यस्तै विचार र प्रस्तावका बीच माछाहरू केही यसैमा चित्त बुझाउँछन् भने केही “हामी यसरी हुन्न, केही गर्नु पर्छ” भन्ने सोचमा थिए। यस कारण माछाहरू दुई भागमा विभाजित भए।

समय बित्दै गयो र सानो पोखरीको सिमित स्थानका कारण माछाहरूबीच महत्त्वाकांक्षाको भावना पलाउन थाल्यो। माछाहरू बिचार गर्दै थिए कि यस पोखरीमा  गरिरहेका माछाहरूले कति समय रहन सकिन्छ। यसैबीच एक दिन घना वर्षाका कारण पोखरीमा धेरै पानी जम्मा हुन पुग्छ। पानीको सतहले पोखरी भरिएर  फैलिन थाल्छ । नयाँ विकल्पको खोजीमा रेहका माछाहरू बीच हुटहुटीको स्थिति आयाे  ।”अब हामी पोखरीबाट निस्किएर ठूलो पोखरी वा समुन्द्र भेट्न सक्छौं” केहीले भने ।

यसको परिणामस्वरूप केही माछा बिना सोचविचार पोखरीबाट बाहिर निस्किए । छोटो समयमा पोखरीका आधा माछा पोखरीभन्दा बाहिर पाखामा पुग्छन्। केही समयपछि वर्षा रोकिन्छ र पानीको स्तर घट्छ। समुन्द्र भेट्न बाहिर निस्किएका माछाहरू अब बिचलित हुन्छन्, र प्रयासका बावजुत पनि अगाडि जान सक्दैनन्, न त पछि फर्केर  पोखरीमा  नै पुग्न सक्छन् ! केही समयपछि आकाश खुल्छ र घाम लाग्छ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?