Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

माछाकाे बिद्राेह !


एमआर शर्मा । एक दिन एउटा पोखरीमा रहेका माछाहरूमध्ये एक माछाले पोखरीका अन्य माछाहरूसँग भेला भएर भन्यो, “यो पोखरी सानो छ, हामी संख्यामा धेरै भयौं। कुनै विकल्प रोजौँ, यदि हामी पोखरीको बाहिर ठूलो पोखरी या समुन्द्रमा भए भने आनन्दले घुम्न पाइन्थ्यो। यो सानो पोखरीमा कति माछा अटाउलान्?” यसरी माछाहरूमा विचार विमर्श र सल्लाह सुरू भयो।

यसैबीच अर्को माछाले प्रस्ताव राख्दै भन्यो, “हामी यो पोखरीको चारै कुनालाई खनौँ र ठूलो पोखरी बनाऔँ।” यस्तै यस्तै विचार र प्रस्तावका बीच माछाहरू केही यसैमा चित्त बुझाउँछन् भने केही “हामी यसरी हुन्न, केही गर्नु पर्छ” भन्ने सोचमा थिए। यस कारण माछाहरू दुई भागमा विभाजित भए।

समय बित्दै गयो र सानो पोखरीको सिमित स्थानका कारण माछाहरूबीच महत्त्वाकांक्षाको भावना पलाउन थाल्यो। माछाहरू बिचार गर्दै थिए कि यस पोखरीमा  गरिरहेका माछाहरूले कति समय रहन सकिन्छ। यसैबीच एक दिन घना वर्षाका कारण पोखरीमा धेरै पानी जम्मा हुन पुग्छ। पानीको सतहले पोखरी भरिएर  फैलिन थाल्छ । नयाँ विकल्पको खोजीमा रेहका माछाहरू बीच हुटहुटीको स्थिति आयाे  ।”अब हामी पोखरीबाट निस्किएर ठूलो पोखरी वा समुन्द्र भेट्न सक्छौं” केहीले भने ।

यसको परिणामस्वरूप केही माछा बिना सोचविचार पोखरीबाट बाहिर निस्किए । छोटो समयमा पोखरीका आधा माछा पोखरीभन्दा बाहिर पाखामा पुग्छन्। केही समयपछि वर्षा रोकिन्छ र पानीको स्तर घट्छ। समुन्द्र भेट्न बाहिर निस्किएका माछाहरू अब बिचलित हुन्छन्, र प्रयासका बावजुत पनि अगाडि जान सक्दैनन्, न त पछि फर्केर  पोखरीमा  नै पुग्न सक्छन् ! केही समयपछि आकाश खुल्छ र घाम लाग्छ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?