Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

‘भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो’


काठमाडौँ। भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।

भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् । विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरुको जीविकोपर्जनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण बन्दै गएको उनीहरुको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकश सिंहसँगको कुराकानीमा शैलुङ क्षेत्रको पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माणले महत्वपूर्ण सहयोग गरेको बताए । उनले प्राकृतिक सौन्दर्यलाई असर नपार्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सुविधा, सहजता र प्रचार प्रसारका लागि स्थानीय र प्रदेश सरकारको साथमा संघीय सरकारले पनि सहयोग गर्ने बताए ।

उनले भने, ‘यस क्षेत्रलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढाउनेछौँ । विशेष गरी यहाँ आउने भौतिक पूर्वाधारका विषयमा बाटो पनि पिच हुने क्रममा रहेको देखियो, यो सुखद् कुरा हो । तर सहजताका नाममा प्राकृतिक सौन्दर्यलाई असर पार्नेगरी भौतिक निर्माण गर्नुहुँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गर्न डिजिटल युगमा त्यति गा¥हो छैन । यसका लागि पर्यटन बोर्डलगायत विभिन्न संघ संस्थाहरु क्रियाशील छन् । स्थानीय सरकार र विशेष गरी प्रदेश सरकार यसका लागि लागि परोस्, संघले पनि सहज गर्नेछ ।’

सैलुङमा नयाँ वर्ष र साउन पूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने स्थानीय संगम लामाले बताए । पर्यटकीय विकासका लागि गर्नुपर्ने काम धेरै भएपनि पहिलाको भन्दा धेरै नै विकास भएको उनको भनाइ छ ।

उनले भने, ‘सबैभन्दा भीड वर्षको दुई पटक हुन्छ, नयाँ वर्ष र साउन पूर्णिमाको तिथिमा । त्यसबेला २० हजारदेखि ३० हजारको संख्यामा मान्छेहरु आउँछन् । पहिला–पहिला बाटोको धेरै दुःख थियो, अहिले बाटो पनि बनेको छ, देउरालीसम्म पिच पनि भइसकेको छ । तर पनि गर्नुपर्ने काम त धेरै बाँकी छ । धेरै मान्छेहरु आउँदाखेरि हावाले हान्छ, त्यसको पनि सुरक्षा चाहिएको छ ।’

तीन हजार एक सय ४५ मिटरको उचाइमा रहेको शैलुङलाई धेरै जसो बादलले छोप्ने तर मौसम परिवर्तन भइरहने लामाको भनाइ छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?