Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा मनाऔँ


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ रूपमा मनाउनुपर्ने बताएका छन्। तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो। जनयुद्ध दश वर्षसम्म चलेको थियो। डा.भट्टराई जनयुद्धको योजनाकार तथा कमाण्डर थिए।

नेपाली कांग्रेस, नेकपा एमाले र एमालेमा गएका पूर्वमाओवादीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर प्रचार गरिरहेका बेला डा.भट्टराईले भने,‘फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) सुरु भएको दिन। संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न सुरु गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, बेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान। शब्दको जुंगाको लडाइँ छोडौं। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रूपमा मनाऔं।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्नुपर्ने बताए।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?