Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?


अहिले विश्वभर युवा युवतीले विशेष महत्त्वकासाथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको हो ।भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको सुरुवात पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ । तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो । त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए ।

सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे । उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो । त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिए । उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो ।

एक हप्तासम्म प्रेम दर्साउने विभिन्न क्रियाकलाप गरेर भ्यालेन्टाइन्स वीक मनाए पनि अन्तिम दिन अर्थात् फेब्रुअरी १४ लाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् । सो दिनलाई नै प्रेम दिवसको रूपमा मनाउने चलन छ । विशेषगरि पश्चिमा देशहरूमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रूपमा मनाउन थालेका छन् ।

युवायुवतीले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ बनाउने दिनका रूपमा यस दिवसलाई उपयोग गर्छन् । विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रूपमा प्रणय दिवस मनाइन्छ ।

यस्तै प्राचीन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको हो ।

अर्काे कथन अनुसार जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिकाे अर्थात जेरकी छोरीलाई दिएका कथन छ ।

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?