Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

भगवान बुद्धले आफ्नो मृत्युको घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छः उपप्रमुख डंगोल


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गौतम बुद्धले आफुले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भन्दा ३ महिना अघि नै आयुसंस्कारपरित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गर्नुभएको छ । श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले आज आयोजना गरेको ‘भगवान बुद्धको आयुसंस्कारपरित्याग दिवस’का अवसरमा बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो माग गर्नुभएको हो । ‘माघपूर्णिमा (सिल्लापुन्हि) भगवान गौतम बुद्धले आफुले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भएको दिन हो,’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘गौतम बुद्ध जन्मिएको दिन भनेर बुद्धजयन्ती मनाउँछौँ । उहाँले निर्वाण (मृत्युवरण) प्राप्त गरेको र बुद्धत्व प्राप्त गरेको दिन वैशाखशुक्ल पूर्णिमा पनि धूमधामसँग मनाउने चलन छ । तर, उहाँले अब म ठिक तीन महिनापछि निर्वाण प्राप्त गर्छु भनेर घोषणा गरेको दिन आयुसंस्कारपरित्यागको दिनबारे धेरैलाई जानकारी नै छैन ।’

उहाँले त्यो दिनको महत्वलाई दर्शाउन काठमाडौं महानगरपालिका आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको पनि स्मरण गराउनुभयो । । ‘बुद्ध धर्म मान्ने विश्वका थुप्रै देशहरुले यो दिनलाई विशेष महत्वका रुपमा लिदैँ आएका छन्,’ उहाँले भन्नुभयो, ‘तर, बुद्धको जन्मभूमि नेपालमा हामीले धेरैलाई यो बारे जानकारी समेत दिन सकिरहेका छैनौँ । त्यहि कुराको महत्वलाई दर्शाउँदै हामीले खुलारुपमा मनाउने थालनी गरेका छौँ ।’

उहाँले यो दिनलाई राष्ट्रिय महत्वका रुपमा चिनाउनुपर्नेमा जोड दिनुभयो । ‘हामीले विश्वलाई हाम्रो देश चिनाउँदा सगरमाथाको देश भगवान गौतमबुद्धको जन्मभूमिको देश भनेर चिनाउँने गर्छौ र गर्व पनि गरिरहेका हुन्छौँ,’ उहाँले भन्नुभयो, ‘भगवान गौतम बुद्धको जन्मभूमिको देश भनेर चिनाउने यो भूमिलाई भगवान बुद्धका शिक्षा, सन्देश र उहाँसँग जोडिएका यस्ता महत्वपूर्ण दिनहरुलाई पनि सम्झिनु उत्तिकै महत्वपूर्ण छ ।’ उहाँले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

‘श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले यो दिवस मनाउने भनेपछि महानगरपालिकाले ‘होस्टेमा हैँसे’ मात्रै गरेको हो,’ उहाँले भन्नुभयो, ‘हामीले बुद्धका सन्देशलाई जीवनमा उपयोग गर्ने हो भने यो संसारिक दुःखबाट मुक्त हुने बाटो अपनाउँन केही सहज हुन्छ । महानगरपालिकाले बुद्धको सन्देशलाई शिक्षासँग, बालबालिका र सबै उमेरसँग पनि जोड्नुपर्छ भनेर परियति शिक्षालाई अघि बढाउँदै आएको छ ।’


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?