Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

मुक्कुम्लुङ (पाथीभरा) केवलकार विवादबारे


  • गणेश कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य

मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, सरल भाषामा भन्ने हो भने फिल्ममा कुनै खलनायकले फगत: कमाइका लागि कुनै गाउँमा गएर गर्ने तिकडम र अतिक्रमण भन्दा अलग छैन । सोच्नुहोस् त, कसैको सांस्कृतिक पहिचान, सभ्यता जोडिएको क्षेत्रलाई केवल पैसाका लागि संरचना खडा गर्न तम्तयार हुनु, राज्यले निर्माणकर्तासँग गरेको सम्झौता हालसम्म पनि लुकाएर अपारदर्शी सम्बन्ध स्थापित गर्नु र विरोध गर्ने स्थानीयहरूमाथि गोली नै चल्नु कुनै फिल्ममा खलनायकले गर्ने व्यवहारभन्दा अलग छ र ?

मुक्कुम्लुङ (पाथीभरा) मा केवलकार बन्नु विकास होइन, व्यापार हो । विकासको पहिलो उद्देष्यमा स्थानीय पर्छन्, व्यापारमा पैसा । यसो त, व्यापार आफैमा सहि वा गलत होइन, प्रक्रिया र अन्तर्यले त्यसलाई व्यापार वा अतिक्रमण वा तस्करी बनाउँछ । स्थानीयलाई विश्वासमा नलिई, दिगो विकासको अवधारणालाई आत्मसाथ नगरि गरिएका काम अतिक्रमण वा तस्करी बन्छ । मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, त्यो व्यापार नै हो भन्न सकिने गरि प्रमाणित छैन ।

देशभर व्यापार चाहिदैन, विकास चाहिन्छ । मानव सभ्यताले विकासमात्रले गरेको हानी देखेर दिगो विकासको अवधारणा ल्याएको पनि निकै भइसक्यो । त्यो अवधारणाले भन्छ – विकासले वर्तमान पुस्ताको आवश्यकताहरू पूरा गर्ने क्रममा भावी पुस्ताले आफ्ना आवश्यकताहरू पूरा गर्ने क्षमतामा असर नपर्ने सुनिश्चित गर्नु पर्छ । स्रोत र साधनको यसरी प्रयोग गरिनु पर्छ कि त्यसले त्यहाँको जीवनस्तर बढाओस् तर स्रोतको अखण्डतामा कुनै हानी नगरोस् । अर्थात्, जरो नउखेलि र बोटलाई असर नपुर्याइ त्यसको पैदावारको मात्रै उचित र हदैसम्मको उपयोगीता गरिनु पर्छ ।

मुक्कुम्लुङ (पाथीभरा) मा ‘जरै उखेलेर’ भोलिलाई र स्थानीयलाई समेत असर गर्ने गरि अपारदर्शी ढंगले बनाउन लागिएको संरचना सहि हो भन्न सकिदैन ।


प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?