Trending
>>   राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने सरकारको कदमविरुद्ध संसदमा विपक्षीहरु एक भएर प्रश्तुत हुन्छौंः प्रचण्ड >>   अब पण्डित, ज्योतिषीको पनि लाइसेन्स अनिवार्य, कमाएको पैसाको कर तिर्नु पर्ने ! >>   धन्न बेलैमा रवि लामिछाने नेपाल आएछन् ! >>   हिजो रविको पुनरावेदन, आज उच्च अदालतकाे यस्ताे आदेश ! >>   देशभरका हिरासतहरुको हालत यस्ताे ! >>   स्वास्थ्यमन्त्री भन्छन- ‘अब वृद्ध भत्ता दिन सकिँदैन !’ >>   राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढेको छः प्रधानमन्त्री ओली >>   अभियोजन लगाउने सन्दर्भमा सरकारले कानूनको दुरुपयोग गर्यो : सोबिता गौतम >>   जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी शुरु ( फोटो फिचर ) >>   मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन-धेरै चोरी निकासी गरेको भेटियो
Logo
१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

वरिष्ठ नेताहरूलाई अनुरोध !


  • साेविता गाैतम

मभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध :

एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ । अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनुभएको छ । अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ ।

सत्ताको शक्तिले अदालतलाई यस्तो-यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ । यो प्रवृत्ति रोक्नुहोस् । बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बाकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन ।

स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धि निकायहरूको गम्भीर ध्यान जावस् । वरिष्ठ नेतृत्वहरूले कम्तिमा न्युनतम राजनितिक संस्कार चै कायम राखिदिनुस !


प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?