Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने सरकारको कदमविरुद्ध संसदमा विपक्षीहरु एक भएर प्रश्तुत हुन्छौंः प्रचण्ड


काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताउनुभएको छ ।मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाउनु भयो । उहाँले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामुहिक रुपमा सदनमा प्रश्तुत हुने समेत बताउनु भयो । उहाँले वर्तमान सरकार जनता र राष्ट्रविपरितको काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत रहेको समेत बताउनु भयो । उहाँले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रि र निङ्कुश तरिकाले ल्याएको छ । आफैंले भन्ने गरेको मान्यताविपरित सदनमा भएको विधेयक समेत फिर्ता नलिइकन जवरजस्ति जो अध्यादश ल्याउने काम भएको छ यो स्वेच्छाचारी र निरङ्कुश छ । यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्नेमहसुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन वाध्य छौं र बोलाउँछौं भनेपछि मात्रै सरकारले बल्ल सदन बोलाएको छ । हामी सदनको पहिलो दिनका बैठकभन्दा अगाडि फेरि एकपटक बैठक बसेर सामुहिक ढंगले कसरि सदनमा प्रश्तुत हुने, सकारले जनताको इच्छाविपरित र राष्ट्रविरोधी क्रियाकलापहरु र देशमा आर्थिक संकट बढाउनका लागि जो काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ । आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ त्यसको बारेमा विपक्षी दलहरुलाई सामूहिक रुपले अगाडि बढाउने कोसिश पनि हामीले गरेका छौं ।’

अध्यक्ष दाहालले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तीको आवश्यकता रेहको बताउनु भयो । उहाँले केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरत लागिपरेको समेत बताउनु भयो । उहाँले संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै यसको विरोधमा उत्रिनुपर्ने बताउनु भयो । उहाँले देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरु समाजवाद उन्मुखतिर नभई प्रतिगमन र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित रहेको टिप्पणी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाउँदै मुलुकलाई आर्थिक हिसावले राहत दिने काम गरेको समेत जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘देशको विद्यमान यथार्थतामा नयाँ समाजवादी क्रान्तीको विकल्प आवश्यक छ । हामीले हा्रो जीवनमा जस्तो परिर्वनको अपेक्षा गरेको हो त्यस्तो हुन सकेन । विगतको लामो अनुभनवबाट एकथरि पार्टी र मानिसहरु परिवर्तनलाई उल्ट्याउने जमर्को गरिनै राखे । अहिलेपनि गरिरहेकै छन् । कहिले पटकपटक संविधान मिचेर संसद विघटन गर्नेदेखि कहिले कथाकथित संविधान संशोधनको नाममा यो देशका मजदुर किसानका अधिकार खोस्ने जमर्को भइरहेको छ । अर्कोतिर समाजवादी मोर्चा यो संवधानका उपलब्धीहरुलाई अझै परिमार्जन गर्नुपर्छ । यो पर्याप्त छैन भनेर लागेका छौं । संविधानले समाजवादउन्मुख त भन्यो तर हाम्रा गतिविधि उन्मुख छैनन् । देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरु समाजवादउन्मुखता तिर हैन बरु प्रतिगमनतिर र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित छन् । हामीले यसको विरोध गर्नुपर्छ भनेर संसद विघटनका बेला पनि विरोध गरेकै हौं । खालि पार्टीका सभा समारोह र बैठकबाट मात्र हैन सडकबाट पनि सबै प्रकारका प्रतिगमनका विरुद्ध जनतालाई आन्दोलित गर्ने कोशिस ग¥यौं । र हामी तत्कालिन दृष्टिकोणबाट सफल पनि भयौं । तर पछिल्लो चरणमा हामीले गएको सरकारमा हामीले भ्रष्टाचार र कुशासनको विरोध ग¥यौं र देशलाई आर्थिक राहत दिने प्रयास पनि ग¥यौं ।’आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएको र उक्त अभियान यथास्थितिवादी र प्रतिगामीहरुलाई मन नपरेको कारण सरकार ढालिएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?