Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन-धेरै चोरी निकासी गरेको भेटियो


काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको छ ।

मंगलवार अर्थ समितिका सदस्यहरुले महोत्तरीको जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको हो । मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न अर्थ समितिले मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ । अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गरिरहेको छ । उपसमितिका संयोजक नारायणी शर्माले समितिमा भन्सारमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले समितिले देशभरका भन्सार कार्यालयको अनुगमन गरिरहेको बताइन्।

उनले समितिले भन्सार ऐन समेत बनाई रहेकाले भन्सारका समस्या र ऐनमा समावेश गराउनुपर्ने विषयको समेत प्रत्यक्ष अनुगमनमार्फत जानकारी दिने उद्देश्यले अहिलेसम्म नेपालगञ्ज भन्सार कार्यालय,कृष्णनगर,भैरहवा,विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालयको अनुगमन सकिएको र अनुगमनका क्रममा भन्सार कार्यालयहरुमा धेरै समस्या देखिएको बताउदै उनले भन्सार कार्यालयहरुले छोटी भन्सारहरुमार्फत धेरै चोरी निकासी गरेको पाइएको बताएकी छिन् ।

उनले भनिन्,‘समितिको निर्णय अनुरुप नेपालगञ्ज भन्सार कार्यालय,कृष्णनगर,भैरहवा,विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालय आइपुगेका छौं । वीरगञ्ज भन्सारको अनुगमन सकेर काठमाडौं फर्कन्छौं । भन्सारमा समस्याहरु धेरै छन् । भन्सारको कानून बनाउँदा भन्सारका दुई तीनवटा समस्या चोटी भन्सार कार्यालयहरुबाट धेरै चोरी निकासी भइरहेको छ । भन्सार ल्याव पनि निरिक्षण गर्यौ  । वास्तविकता अनुरुप भएको पाएको छैन । स्थानीय सरकार र भन्सार कर्मचारी बीचमा विवाद रहेको पाइयो । जुन स्थानीय सरकारले निर्देशन दिने र कर्मचारी स्थानीय सरकारको निर्देशन मान्ने वा भन्सार ऐन पालना गर्ने दोधारमा रहेको पाइयो । यो विषयमा कानूनमा समावेश गर्नुपर्नेछ ।’

समितिले अनुगमनका क्रममा राजश्व वृद्धिदर घट्नुका कारण, भन्सार चुहावट वृद्धि लगायतका विषयमा अनुगमन गरिरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?