Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन-धेरै चोरी निकासी गरेको भेटियो


काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको छ ।

मंगलवार अर्थ समितिका सदस्यहरुले महोत्तरीको जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको हो । मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न अर्थ समितिले मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ । अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गरिरहेको छ । उपसमितिका संयोजक नारायणी शर्माले समितिमा भन्सारमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले समितिले देशभरका भन्सार कार्यालयको अनुगमन गरिरहेको बताइन्।

उनले समितिले भन्सार ऐन समेत बनाई रहेकाले भन्सारका समस्या र ऐनमा समावेश गराउनुपर्ने विषयको समेत प्रत्यक्ष अनुगमनमार्फत जानकारी दिने उद्देश्यले अहिलेसम्म नेपालगञ्ज भन्सार कार्यालय,कृष्णनगर,भैरहवा,विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालयको अनुगमन सकिएको र अनुगमनका क्रममा भन्सार कार्यालयहरुमा धेरै समस्या देखिएको बताउदै उनले भन्सार कार्यालयहरुले छोटी भन्सारहरुमार्फत धेरै चोरी निकासी गरेको पाइएको बताएकी छिन् ।

उनले भनिन्,‘समितिको निर्णय अनुरुप नेपालगञ्ज भन्सार कार्यालय,कृष्णनगर,भैरहवा,विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालय आइपुगेका छौं । वीरगञ्ज भन्सारको अनुगमन सकेर काठमाडौं फर्कन्छौं । भन्सारमा समस्याहरु धेरै छन् । भन्सारको कानून बनाउँदा भन्सारका दुई तीनवटा समस्या चोटी भन्सार कार्यालयहरुबाट धेरै चोरी निकासी भइरहेको छ । भन्सार ल्याव पनि निरिक्षण गर्यौ  । वास्तविकता अनुरुप भएको पाएको छैन । स्थानीय सरकार र भन्सार कर्मचारी बीचमा विवाद रहेको पाइयो । जुन स्थानीय सरकारले निर्देशन दिने र कर्मचारी स्थानीय सरकारको निर्देशन मान्ने वा भन्सार ऐन पालना गर्ने दोधारमा रहेको पाइयो । यो विषयमा कानूनमा समावेश गर्नुपर्नेछ ।’

समितिले अनुगमनका क्रममा राजश्व वृद्धिदर घट्नुका कारण, भन्सार चुहावट वृद्धि लगायतका विषयमा अनुगमन गरिरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?