Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढेको छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको बताएका छन् ।

मंगलवार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताएका छन् । उनले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको बताउदै लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताए ।

उनले भने, ‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ । राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मुलधारमा, संवैधानिक राजनीतिको मुलधारमा, लोकतान्त्रिक प्रणालीको मुल धारमा अगाडि बढेको छ । यसअर्थ हामी यिनै दृष्टिकोणअनुसार सफलतापूर्वक अगाडि बढेका छाँै । अनौठा घटनाहरु राष्ट्रिय राजनीतिमा कहिले कहिले आइपर्दछन् । तर हामी के कुरामा स्पष्ट हुँदा हुन्छ भने कसैले श्रीलंकाका, कसैले बंगलादेशका कुरा गर्दछन् । सबै ठाउँमा एउटै कुरा हुन्छ भन्ने हुँदैन । नेपालमा लोकतान्त्रिक अभ्यास, संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ । संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रणाली स्वीकार छ । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि, अराजकताका कुनै प्रकारका बाटाबाट परिवर्तनको अपेक्षा सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको बताए । उनले ०८४ को मंसिरमा निर्वाचनको परिणाम आएपछि सरकार परिवर्तन हुने बताएका छन्।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?