Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अभियोजन लगाउने सन्दर्भमा सरकारले कानूनको दुरुपयोग गर्यो : सोबिता गौतम


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोवता गौतमले सरकारले कानूनको दुरुपयोग गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएकी छिन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लङ्घन गरिरहेको आरोप लगाएकी छिन् । अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानूनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको बताउदै उनले सरकारले कसैले सार्वजनिक रुपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले न्यायिक निरुपण गर्ने संस्थाले अपराधी करार गरे जसरि नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर गर्दै सरकारले जनताको माग समाधान गर्न नसक्दा जनताले आक्रोशित रुपमा प्रश्न गर्ने गरेको र सरकारले अभद्र व्यवहारमा मुद्दा चलाउने गरेको भन्दै विरोध जनाएकी छिन् ।

उनले भनिन्, ‘तीन वर्षभन्दा कम सजाय हुने कसुरमा वेल पाइन्छ । यो सबैको अधिकार नै हो । अनि यो राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानूनअनुसार आवश्यकता पर्दा अनुसन्धान प्रयोजनका लागि थुन भनेकोमा सरकार पक्षबाट कानूनको दुरुपयोग गरेर कानूनी हिसाबले थुन्न पाउँदासम्म त्यो एक्सेसिभ राइट हुँदासम्म थुन्ने अनि बल्ल अभियोजन गर्ने काम भइरहेको छ । यो मानव अधिकारको गम्भिर उल्लङ्घन हो । मैले आज यहाँ गम्भिर ध्यानाकर्षण गराउन चाहेँ । कसैलाई नथुनि पनि अभियोज गर्न सकिन्छ । कसैलाई अभियोन गर्नुपर्ने लाग्यो भने राज्यले अभियोजन गर्न पाउँछ । तर थुनेर मात्रै अभियोजन गर्नुपर्छ भन्ने त छैन नि । कसैलाई नथुनेर पनि अभियोजन गर्न सकिन्छ भन्ने अवस्थामा पनि सरकारले अहिले कसैले बोल्यो, सार्वजनिक रुपमा प्रश्न उठायो भने पक्रिहाल्ने र कति दिन हुन्छ अनुसन्धान प्रक्रियाको लागि भनेर थुनामा राख्ने अनि निश्चित समयपछि अभियोजन गर्ने प्रवृतिको देखिएको छ । मानिसहरुलाई डर, त्रासको वातावरण सिर्जना गर्ने अनि न्यायिक प्रक्रियामा अगाडि जाने जस्तो प्रक्रियामा सरकार गइरहेको जस्तो देखिन्छ । यो एक व्यक्तिको कुरा होइन । अहिले प्रवृत्ति नै यही देखिएको अवस्था छ । यसमा म आईजिपी सर हुनुहुन्छ गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । भोलि अपराध हो वा होइन त पुष्टि हुनै बाँकी छ नि । भोलिको दिनमा न्यायिक निकायले पुष्टि त गर्ने नै हो । आज नै कसुरदार हो भने जसरि थुनेर भोलि उसले गल्ति गरेको रहेनछ भनेदेखि त उसको मानव अधिकार र स्वतन्त्रता हनन् भयो नि । सरकारले नागरिकले उठाएका प्रश्नको समाधान आफूले गर्न सकेको छैन । अनि नागरिक आक्रोशित शैलीमा प्रश्तुत भएको हुनसक्छ त्यस्ता कुरामा समातेर अभद्र व्यवहारमा मुद्दा चलाउने भनेको चाहीँ मानव अधिकारको उल्लङ्घन हो ।’

गम्भिर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?