Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ देखि


काठमाडौँ। ५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि सञ्चालन हुने भएको छ ।

मंगलवार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म सम्मेलन हुने बताइएको छ । नेपाल बार एशोसिएशनको आयोजनामा हुने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् । अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा ल एशियाका सदस्य तथा गैर–सदस्यहरू समेत गरी ३६ भन्दा बढी देशका ३ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने बताए । ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ भन्ने मुल विषयवस्तुमा सम्मेलन केन्द्रित रहने बताएका छन् ।

उनले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च हुने बताए ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?