Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ देखि


काठमाडौँ। ५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि सञ्चालन हुने भएको छ ।

मंगलवार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म सम्मेलन हुने बताइएको छ । नेपाल बार एशोसिएशनको आयोजनामा हुने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् । अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा ल एशियाका सदस्य तथा गैर–सदस्यहरू समेत गरी ३६ भन्दा बढी देशका ३ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने बताए । ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ भन्ने मुल विषयवस्तुमा सम्मेलन केन्द्रित रहने बताएका छन् ।

उनले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च हुने बताए ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?