Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

आदिवासी, जनजाति समुदायका आदिकविहरुको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह


काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरुको नाम उपलब्ध गराउन आग्रह गरेका छन् ।

मंगलवार शितलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले आदिवासी जनजाति समुदायभित्र रहेका आदिकविकहरुको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका हुन् । उनले आयोगले मगर, राई लगायत, आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरुका आदिकविहरुको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए ।

राष्ट्रपति पौडेलले ४ सय बिगाह जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको बताउंदै त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिहरुका आदिकविको मूर्ति रहने बताएका छन् ।

उनले भने, ‘भानुक्तको चुँदीरम्घामा भानु साहित्य उद्यान ४ सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदैछु । त्यहाँ मूर्तिवाटिका हुन्छ । त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरु त्यहाँ रहन्छन् । भानुभक्तसहित सबै भाषाका आदिकविहरुको मूर्ति रहन्छ । त्यो कोको हुन्, मगरका, राई भाषाका आदिकवि उहाँहरुको नाम र मूर्ति चहियो ।’

राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवद्र्धन एवं विकास तथा सो समुदायको सशक्तिकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवं कानूनले आयोगलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?