काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार