Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैनः गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ ।’साथै, उनले सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेको जानकारी गराए ।

‘सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा के के काम भइरहेको छ भन्नेबारे ब्रिफिङ गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भने, ‘मन्त्रीजीहरूसमेत उपस्थित भएर छलफल भएको छ । अत्यन्त राम्रो र सौहार्दपूर्ण ढंगले छलफल भएको छ ।’


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?