Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रीपरिषद्मा स्वीकृतिको क्रममा छः सचिव अर्याल


काठमाडौँ। सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रीपरिषद्मा स्वीकृतिको क्रममा रहेको बताएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रीपरिषद्बाट स्वीकृतिको चरणमा रहेको र विधेयक स्वीकृत भइसकेपछि संघीय संसदमा पेश हुने र छलफल गर्न सकिने बताएकी छिन् । उनले विधेयकमा प्रतिवन्धित सेवा र वस्तुहरुको विज्ञापन गर्न नपाउने र गरेको खण्डमा कसुर कायम हुनेगरी दफाहरु प्रश्तुत गरिएको जानकारी दिइन् । विधेयकमा सामाजिक सञ्जालमा कन्टेन्टलाई नियमनको दायरामा ल्याउने कुरा उल्लेख गरिएको बताएकी छिन् ।

उनले भनिन, ‘सामाजिक सञ्जाल नियमन गर्ने विधेयक तयार भएर अहिले मन्त्रीपरिषद्मा स्वीकृतिको क्रममा रहेको छ । स्वीकृत भइसकेपछि संघीय संसदमा पेश हुन्छ । त्यसमा डिटेल छलफल हुन्छ । मिस इन्फरमेसन, डिस इन्फरमेसन, डिप फेकका कुराहरु अहिले जुन सम्माननीयज्युको विषय अहिले उठाउनु भयो । ति सबै विषयहरु, विज्ञापनको विषय पनि उठाउनुभएको छ । प्रतिवन्धित सेवा र वस्तुहरुको विज्ञापन गर्न नपाउने र गरेको खण्डमा कसुर कायम हुनेगरी दफाहरु त्यसमा प्रश्तुत गरिएको जानकारी गराउँछु । सामाजिक सञ्जालमा कन्टेन्टलाई नियमनको दायरामा ल्याउने हो । त्यसमा इन्फरमेसन पनि विज्ञापन पनि अरु सबै कन्टेन्टहरु कानून प्रतिकुल छन्, ति सबै नियमनको दायरामा आउने गरी प्रश्ताव गरिएको छ । सूचना प्रविधिमा आएको तिब्र परिवर्तनलाई मन्त्रालय क्रमैसँग अनुकुलन गरेर जानुपर्ने अवस्था हाम्रो जस्तो कम विकसित देशलाई पनि जरुरी छ । प्रविधिको प्रयोग गर्दैनौँ भनेर भन्न सक्दैनौँ । एआई नीतिको मस्यौदा अन्तिम चरणमा छ ।’

सचिव अर्यालले सूचना प्रविधिमा आएको तिब्र परिवर्तनलाई मन्त्रालय क्रमवद्ध रुपमा अनुकुलनका साथ अघि बढिरहेको र एआई नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताएकि छिन् ।


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?