Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

केही सञ्चारमाध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत


काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन् । काउन्सिलले आइतबार यहाँ आयोजना गरेको नयाँ अनलाइन पोर्टल, युट्युब च्यानलका प्रकाशक तथा सम्पादकलाई अभिमुखीकरण कार्यक्रममा उनले पत्रकारिताको विश्वसनीयता वृद्धिका लागि सूचना र समाचार छुट्याएर सम्प्रेषण गर्न सबैलाई आग्रह गरे ।

अध्यक्ष बस्नेतले पत्रकारिता समाज सुधारको आधार र पथप्रदर्शक भएकाले सोहीअनुसार सकारात्मक उद्देश्यका साथ क्रियाशील हुनुपर्नेमा जोड दिए । ‘केही सञ्चारमाध्यमले अरुलाई दुःख दिएका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेको छ । त्यसैले सबै सञ्चारकर्मीहरू जिम्मेवार हुनुपर्छ । पत्रकारहरु कर्मी माहुरी जस्तो मेहनती हुनुपर्छ, अरूलाई दुःख दिने बारूलो जस्तो होइन । पत्रकारले अरुलाई दुःख दिन हुँदैन’, उनले भने ।

विषयविज्ञका रूपमा पत्रकार विमल गौतम र काउन्सिलका बोर्ड सदस्य विजयराज अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे प्रकाश पारेका थिए ।


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?