Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

‘विसङ्गत अभिरुचि’ सार्वजनिक


म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक प्रेम छोटाले विमोचन गर्दै बानियाँको कृतिले नेपाली वाङ्मयको श्रीवृद्धिमा इँटा थप्ने धारणा राख्नुभयो ।

उहाँले सरल र कथात्मक लेखनले पुस्तकलाई पठनीय बनाएको बताउनुभयो । टिप्पणीकार रामप्रसाद सुवेदीले बानियाँको कृतिले कर्मचारी प्रशासनको विसङ्गतिलाई पर्दाफास गरेको उल्लेख गर्नुभयो । सत्यतामा आधारित र पत्यारिला घटना शृङ्खलाको रोचक प्रस्तुतिले बानियाँको लेखकीय ओज झल्काएको उहाँको भनाइ छ । मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँले लेखकले संस्मरणमा निर्भिकता र इमान्दारिता प्रदर्शन गरेको बताउनुभयो । सरकारी सेवाबाट निवृत्त कृतिकार बानियाँले ३७ वर्ष लामो ंजागिरे जीवनका तितामिठा भोगाइ र अनुभवलाई पुस्तकाकार दिएको बताउनुभयो । “हाम्रो समाज र राज्य व्यवस्थाका कमजोरी औँल्याएको छु, समाजसँग सङ्गति नमिलेका मेरा विचार र भोगाइ पुस्तकमा छन्”, उहाँले भन्नुभयो ।

साहित्यकार बानियाँले सरकारी सेवामा हुँदा आफूले जहिल्यै गलत प्रवृत्तिका विरुद्ध खडा हुँदा उल्टै अन्यायमा परेको सुनाउनुभयो । पुस्तकमा ‘नक्कली स्रेस्ता’, ‘महँगो सुरुवा’लगायत २८ शीर्षकका संस्मरण छन् । बानियाँको यसअघि ‘केही अनुभव, केही अनुभूति’ नियात्रा, ‘म्याग्दीको बानियाँ वंश’ सामाजिक इतिहास, ‘पुलस्त्य–पुलहाश्रमको परिचय र महत्व’, धार्मिक इतिहासको पुस्तक प्रकाशित छ ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?