Trending
>>   मधेसमा रातो बलको क्रिकेट शुरु >>   काँग्रेस–एमाले मिल्नुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जानेछः रास्वपा प्रमुख सचेतक परियार >>   ‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’ >>   संविधान संशोधनका क्रममा संघीयता र व्यवस्थामाथि कुनै सम्झौता गर्दैनौंः सन्तोष परियार >>   हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड >>   गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु >>   रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन >>   रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार छः मुख्यमन्त्री सिंह >>   सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने >>   विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ
Logo
२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले देशमा दुई जना पूर्वराष्ट्रपतिहरु रहेको र उहाँहरुको कर्तव्य सामाजिक रुपान्तरणमा हुनुपर्ने बताए ।

उनले पूर्वराष्ट्रपति द्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीले अब सामाजिक रुपान्तरणका योजनासहित समाजको नायक बन्नुपर्ने बताए । उनले पूर्वराष्ट्रपति भण्डारीप्रति लषित गर्दै उहाँले राजनीतिमा लाग्ने हल्ला सुनेको भन्दै स्वतन्त्रताको सम्मान गर्ने पनि बताए । उनले राजनीति भन्दा पनि अब सामाजिक परिवर्तनको झण्डा उठाउनु महत्वपूर्ण हुने बताएका छन् ।

उनले भने , ‘सम्माननीय पूर्वराष्ट्रपति यहाँ हुनुहुन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, आँखा दान गर्न मान्छेलाई प्रेरित गरे जस्तै, दाइजोले छोरीहरु जल्नबाट रोक्नुपर्ने जस्तै, बोक्सी भनेर प्रताडित हुन नलेखिएका आमाहरुको कथाहरु लेख्नका लागि, घरेलु हिंसामा परेका महिलाहरुको सन्दर्भमा सबैभन्दा बढी नायक भएर कसैले उभिनुपर्छ भने मलाई लाग्छ सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभिनुपर्छ । यसको कमाण्ड म सम्हाल्छु भन्न सक्नुपर्छ । सम्माननीय पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिबाट भुतपूर्व भइसकेपछि के गर्ने, कहाँ जाने ? भन्दै गर्दा मलाई लाग्छ, दुई पूर्वराष्ट्रपतिज्युहरुले सामाजिक परिवर्तनको त्यो झण्डालाई उठाइदिनुपर्छ । प्रेरणाको श्रोत बन्नुपर्छ । यद्यपि राजनीतिमै आउन चाहनुभएको हो की, साथीहरुले इच्छा राख्नुभएको हो की भन्ने पनि चर्चा छ । स्वतन्त्रताको सम्मान गर्छु । तर यदी कसैले मलाई सोध्छ, तिम्रो देशको शितल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिहरुले के गर्नुपर्छ भन्यो भने सामाजिक अभिभावक या देशमा चाहिएको छ ।’

महामन्त्री शर्माले देशको सामाजिक रुपान्तरणको विषय अधोगतितर्फ उन्मुख रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?