Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु


काठमाडौँ । इजरायली सेनाले गाजापट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ जनाएका छन् ।

कार्यालयले जारी गरेको विज्ञप्तिमा निहत्था नागरिक र आवासीय क्षेत्र, विशेषगरी गाजा सिटीलाई लक्षित गरी गरिएको आक्रमणलाई ‘खतरनाक र क्रूर’ भनिएका छन् ।

मृत्यु भएका वा घाइते भएकामध्ये धेरै जना भग्नावशेषमा फसेका छन् र क्षतिग्रस्त पूर्वाधारका कारण उनीहरूलाई अस्पतालसम्म पुग्न र स्वास्थ्यलाभमा बाधा पुगेका छन् ।

गाजामा प्यालेस्टिनी नागरिक सुरक्षा अधिकारीहरूले इजरायली हवाई आक्रमण विगत तीन दिनदेखि हिंसात्मक रूपमा तीव्र भएको पुष्टि गरेका छन्, जसलाई स्थानीय बासिन्दाहरूले असाधारण कठिन समयको रूपमा वर्णन गरेका छन्।

वक्तव्यमा इजरायली सेनालाई यी ‘भयानक आक्रमण’ को लागि पूर्णरूपमा जिम्मेवार ठहर्‍याइएको छ र इजरायललाई हतियार र राजनीतिक समर्थन प्रदान गरेकोमा अमेरिकी प्रशासनको आलोचना पनि गरिएको छ। यसले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्लाई यी ‘जघन्य अपराधहरू’ को दस्तावेजीकरण गर्न र अपराधीहरूको जवाफदेहिता सुनिश्चित गर्न स्वतन्त्र अनुसन्धान टोलीहरू पठाएर आफ्नो कानुनी र नैतिक दायित्वहरू पालन गर्न आह्वान गरेका छन् ।

इजरायली रक्षामन्त्री काट्जले बुधबार हमासले बन्धकहरूलाई रिहा नगरे र इजरायलमाथि रकेट प्रहार गर्न बन्द नगरे ‘व्यापक बल’ प्रयोग गर्ने चेतावनी दिएपछि गाजामा इजरायली हवाई आक्रमण बिहीबार बिहान सुरु भएका थिए ।

सन् २०२३ अक्टोबर ७ मा शत्रुता सुरु भएदेखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेका छन् । युद्धका कारण गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएका छन् ।

दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणबाट एक हजार २०० भन्दा बढी इजरायलीको मृत्यु भएको थियो र लगभग २५० जनाको अपहरण भएका थिए ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?