Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दो माध्यम हुलाक सेवा भएको बताएका छन् ।

उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको आइतबार यहाँ उद्घाटन गर्दै उनले तीनवटै तहका सरकारबिच समन्वय गरी हुलाक सेवा पुनःसंरचना गरी अझ प्रभावकारी बनाउन आवश्यक भएको बताए । सचिव अर्यालले भने , “हुलाक सेवा अत्यावश्यक हो, विपदमा पनि यो सेवालाई रोक्न मिल्दैन, यो राज्यको दायित्व हो ।”

हुलाक सेवा विभागद्वारा ‘सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवाको सन्दर्भिकता छ वा छैन ?’ शीर्षकमा भएको प्रतियोगितामा २६ विद्यालयका २९ जना छात्रछात्रा सहभागी छन् ।

सचिव अर्यालले प्रविधिमा आश्रित आजको युगमा हुलाकले नयाँ पुस्ताको माग र चाहनालाई कसरी सम्बोधन गर्न सक्ला भन्ने छात्रछात्राबाट पक्ष र विपक्षमा प्रस्तुत विचारले आफू प्रभावित भएको बताएका छन् ।

हुलाका सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले विद्यालयमा आयोजना हुने यस प्रकारका प्रतियोगिताले विद्यार्थीले क्षमता प्रस्फुटन गराउनमा सहयोगी हुने धारणा राखेका छन् ।

विभागका निर्देशक ध्रुवराज आचार्य र निर्णायक मण्डलका सदस्य मातृका कार्कीले परेवाका माध्यमबाट सूचना आदानप्रदान गर्ने इतिहास रहेकामा हुलाक सेवाको स्थापनाले आधुनिक युगमा सूचनाको पहुँचलाई सहज तुल्याएको घटना बताए ।

हुलाक सेवा विभागका निर्देशक तथा निर्णायक मण्डलका अध्यक्ष विशाल सापकोटाले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेका विश्वका कतिपय मुलुकले हुलाक सेवाको महत्त्वका आधारमा सेवालाई परिस्कृत र सर्वव्यापी बनाउँदै लगेको धारणा व्यक्त गरेका छन् ।

उनले नेपालको निजामती सेवामा सामुदायिक विद्यालयका उत्पादनकै बाहुल्यता रहेको सन्दर्भमा यसको महत्त्व उजागर गर्न उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयका छात्रछात्राबिच प्रतियोगिता गरिएको बताए । नेपाल फिलाटेलिक सङ्घका कार्यवाहक अध्यक्ष चन्द्रमणि श्रेष्ठले सूचना प्राप्तिको उच्चतम प्रविधिको अभ्यास भइरहेको वर्तमान विश्वमा हुलाक सेवाको महत्त्व उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका छन् ।
चिठीपत्र, खबर र सूचना एकस्थानबाट अर्को स्थानमा पुर्‍याउने प्राचीन माध्यम (सेवा) हुलाकको सुरुआत बेलायतबाट सन् १५१६ मा भएको थियो । विश्वमै हुलाकलाई अत्यावश्यक सेवाका रूपमा लिने गरिएको छ भने विश्वका १९२ देशमा सरकारी सेवाका रूपमा हुलाक सेवा छ ।

नेपालमा विसं १९३५ मा हुलाक सेवा स्थापना भएको थियो । वार्षिक ३० लाख हुलाक वस्तुको कारोबार र रु ६३ करोड आम्दानी हुलाक सेवाबाट हुँदैआएका छन् । अहिले पनि हुलाक सेवालाई विश्वासिलो र गोपनीयताका हिसाबले ज्येष्ठ र सर्वश्रेष्ठका रूपमा लिने गरिएका छन् । हुलाक सेवा विभागले हालसम्म एक हजार चार सय ३७ प्रकारका हुलाक टिकट मुद्रण गरिरहेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः रु १५ हजार, रु १२ हजार पाँच सय, रु १० हजार र रु सात हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिने जनाएका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?