Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मधेसमा रातो बलको क्रिकेट शुरु


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को पूर्णसदस्य राष्ट्र बन्ने लक्ष्यसहित दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगञ्जमा शुरु भएका छन् ।

वागमती प्रदेशले मधेस प्रदेशसँग जनकपुरमा र नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी क्लवसँग वीरगञ्जमा खेलेपछि नेपालमा फेरि दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोेगिता शुरु भएको छ । गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शिर्ष चार टोली नेपाल पुलिस, आर्मी, वागमती र मधेस प्रदेशले जय ट्रफी मेन्स इलाइट कप नामाकरण गरिएको बहुदिवसीय क्रिकेट प्रतियोगिता खेलेका हुन् । रातो बलको प्रथम श्रेणीको क्रिकेटलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली क्रिकेट संघ (क्यान) ले दुई दिवसीय फरम्याटको जय ट्रफीको शुरुवात गरेको हो ।

क्यानले यसअघि नै लिगचरण दुई दिवसीय र फाइनल तीन दिवसीय फरम्याटमा सञ्चालन हुने स्पष्ट पारिसकेको छ । आईतवार शुरु भएको नयाँ फरम्याटको क्रिकेटमा नेपाली ब्याटर टिक्नै सकेनन् । चारै टोलीका ब्याटर धैर्यपूर्वक ब्याटिङ गर्न असफल रहे ।

त्यसअघि जनकपुरधाममा शुरु भएको जय ट्रफीको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका थिए । सो अवसरमा क्यानका सचिव पारस खड्काले क्रिकेटको ऐतिहास बोकेको जनकपुरमा रातो बलको क्रिकेट फेरि शुरु गर्न पाउँदा खुशी प्राप्त भएको थियो ।

पारसले केही समयअगाडि मात्र मधेस क्षेत्रकै प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) जित्दा आफूहरू उत्साहित भएको बताए । क्यानका सचिव पारसले यसै क्षेत्रमा बहुदिवसीय क्रिकेट शुरु हुन सुखद् क्षण रहेको धारणा राखे ।

उनले यस मैदानमा ऐतिहासिक प्रतियोगिता शुरु भएकाले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि नेपाल सरकार र मधेस सरकारको ध्यान जाने विश्वास व्यक्त गरे । उनले आगामी दिन पनि मधेशमा धेरैभन्दा क्रिकेट प्रतियोगिता आयोजना गर्न क्यानले पहल गर्ने बताएका छन् ।

क्यानका उपाध्यक्ष रोशन सिंहले जित र हारभन्दा पनि देशमा क्रिकेटप्रति राम्रो क्रेज बढ्दै गएको बताए । साथै उनले क्रिकेट खेलमा राम्रो लगाव रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै कार्यकालमा क्रिकेट रंगशाला बन्न नसके आगामी दिनमा सहज हुने बताए ।

दुई दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, ओपनर आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र दीपेन्द्रसिंह ऐरी भने खेलेका छैनन् । रोहित र आसिफ एपिएफका खेलाडी हुन् । एपिएफ छनोट नहुँदा उनीहरू खेलबाट वञ्चित भए ।

दुई दिवसीयको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस र आर्मी भिडेका थिए । पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको पुलिस १८ रनले पछि छ । आर्मीले पहिलो इनिङमा १२१ रनमा नै अलआउट भए । पुलिसले पनि १०३ रन जोड्दा सात विकेट गुमाइसकेका छन् ।

बागमती र मधेसबीच भएको दोस्रो खेलमा पनि ब्याटरले संघर्ष नै गरे । पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको वागमती ६८ रनले पछि छ । त्यसअघि मधेस पहिलो इनिङमा १०२ रनमा नै अलआउट भएका थिए । जबाफी इनिङ शुरु गरेको वागमती १३ ओभरमा ३४/२ को अवस्थामा छ ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?