Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

मधेसमा रातो बलको क्रिकेट शुरु


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को पूर्णसदस्य राष्ट्र बन्ने लक्ष्यसहित दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगञ्जमा शुरु भएका छन् ।

वागमती प्रदेशले मधेस प्रदेशसँग जनकपुरमा र नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी क्लवसँग वीरगञ्जमा खेलेपछि नेपालमा फेरि दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोेगिता शुरु भएको छ । गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शिर्ष चार टोली नेपाल पुलिस, आर्मी, वागमती र मधेस प्रदेशले जय ट्रफी मेन्स इलाइट कप नामाकरण गरिएको बहुदिवसीय क्रिकेट प्रतियोगिता खेलेका हुन् । रातो बलको प्रथम श्रेणीको क्रिकेटलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली क्रिकेट संघ (क्यान) ले दुई दिवसीय फरम्याटको जय ट्रफीको शुरुवात गरेको हो ।

क्यानले यसअघि नै लिगचरण दुई दिवसीय र फाइनल तीन दिवसीय फरम्याटमा सञ्चालन हुने स्पष्ट पारिसकेको छ । आईतवार शुरु भएको नयाँ फरम्याटको क्रिकेटमा नेपाली ब्याटर टिक्नै सकेनन् । चारै टोलीका ब्याटर धैर्यपूर्वक ब्याटिङ गर्न असफल रहे ।

त्यसअघि जनकपुरधाममा शुरु भएको जय ट्रफीको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका थिए । सो अवसरमा क्यानका सचिव पारस खड्काले क्रिकेटको ऐतिहास बोकेको जनकपुरमा रातो बलको क्रिकेट फेरि शुरु गर्न पाउँदा खुशी प्राप्त भएको थियो ।

पारसले केही समयअगाडि मात्र मधेस क्षेत्रकै प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) जित्दा आफूहरू उत्साहित भएको बताए । क्यानका सचिव पारसले यसै क्षेत्रमा बहुदिवसीय क्रिकेट शुरु हुन सुखद् क्षण रहेको धारणा राखे ।

उनले यस मैदानमा ऐतिहासिक प्रतियोगिता शुरु भएकाले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि नेपाल सरकार र मधेस सरकारको ध्यान जाने विश्वास व्यक्त गरे । उनले आगामी दिन पनि मधेशमा धेरैभन्दा क्रिकेट प्रतियोगिता आयोजना गर्न क्यानले पहल गर्ने बताएका छन् ।

क्यानका उपाध्यक्ष रोशन सिंहले जित र हारभन्दा पनि देशमा क्रिकेटप्रति राम्रो क्रेज बढ्दै गएको बताए । साथै उनले क्रिकेट खेलमा राम्रो लगाव रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै कार्यकालमा क्रिकेट रंगशाला बन्न नसके आगामी दिनमा सहज हुने बताए ।

दुई दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, ओपनर आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र दीपेन्द्रसिंह ऐरी भने खेलेका छैनन् । रोहित र आसिफ एपिएफका खेलाडी हुन् । एपिएफ छनोट नहुँदा उनीहरू खेलबाट वञ्चित भए ।

दुई दिवसीयको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस र आर्मी भिडेका थिए । पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको पुलिस १८ रनले पछि छ । आर्मीले पहिलो इनिङमा १२१ रनमा नै अलआउट भए । पुलिसले पनि १०३ रन जोड्दा सात विकेट गुमाइसकेका छन् ।

बागमती र मधेसबीच भएको दोस्रो खेलमा पनि ब्याटरले संघर्ष नै गरे । पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको वागमती ६८ रनले पछि छ । त्यसअघि मधेस पहिलो इनिङमा १०२ रनमा नै अलआउट भएका थिए । जबाफी इनिङ शुरु गरेको वागमती १३ ओभरमा ३४/२ को अवस्थामा छ ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?