Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन् ।

आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए ।

उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताएका छन् । उनले लोकसेवामार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको बताएका  छन् ।

उनले भने ,‘विद्युत प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याव र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएका छन् । धेरै ठाउँका ट्रेनिङ सेन्टरहरुबाट विद्यार्थीहरु आउँछन् । विद्युत प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक लटमा लिने गरेका छौ । प्राधिकरणले इन्टर्नसिप लिइ रहेका छौं । इलेक्टिकल इन्जिनियरको लागि एकै पटक ७० वटा सिटमा लोकसेवामार्फत विज्ञापन निकालेका छौं । इलेक्टिकल इन्जिनियर विद्युत प्राधिकरणभित्र खडेरी छ । लामो समयदेखि विज्ञापन दरबन्दी यकिन गर्न नसक्दा निकाल्न सकेका थिएनौं । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत प्राधिकरण ठूलो हव बनाउनुपर्छ ।’

उनले विद्युत प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याव र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएको बताए । उनले विद्युत प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक पटक लिने गरेको बताएका छन्


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?