Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार छः मुख्यमन्त्री सिंह


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन डिपिआर तयार अवस्थामा रहेको बताएका छन् ।

आईतवारदेखि जनकपुरधाममा शुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् । मुख्यमन्त्री सिंहले पुष २२ गते राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग मधेस प्रदेश सरकारले मैदानका लागि सम्झौता गर्ने र पास हुनेबित्तिकै मन्त्रीपरिषद्बाट निर्णय गरेर फाइल काठमाडौं पठाइने जानकारी दिएका हुन् ।

करिव ७ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको १ अर्ब रुपैयाँ अहिलेसम्म खर्च नभएकोले सो रकम रंगशाला निर्माणमा लगाउने र थप १ अर्ब रुपैयाँ मधेस प्रदेश सरकारबाट लगानी गर्नेसमेत जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रीपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पास गरेपछि भारतीय दुतावासमा गएपछाडि मात्र टेण्डर गर्नसक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेण्डर हुन नसकेको मुख्यमन्त्री सिंहले बताएका छन् ।

स्टेडियमका लागि साढे २ देखि ३ अर्बसम्मको टेण्डर हुने बताएका छन् । मुख्यमन्त्री सिंहले अन्य खेलहरुमा पनि मधेस प्रदेश सरकार अगाडि बढेर जहिलेपनि यहाँका युवाहरुको वृत्ति विकासमा सँगै रहने प्रतिवद्धतासमेत जनाएका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?