Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काँग्रेस–एमाले मिल्नुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जानेछः रास्वपा प्रमुख सचेतक परियार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई आप्ठ्यारो स्थिति धकेलिरहेको टिप्पणी गरेका छन् ।

आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सुशासन, स्थायित्व र सेवा प्रवाहमा सहजता प्रदान गर्ने कुरामा वर्तमान सरकारले दाबी गरेअनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले सरकारले रास्वपालाई प्रतिपक्षमा बस्नकै लागि पठाएको बताए । उनले वर्तमान सरकारले एक ठाउँमा आउनुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जाने टिप्पणी गरेका छन् ।

उनले भने , ‘अहिलेको स्थिति अप्ठ्यारो छ, आशा लाग्दो छैन । संसदका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार बनाउनुभएको छ । त्यो सरकारले सञ्चार गर्नुपर्ने कुराहरु जति आशा लाग्दा हुनुपर्ने त्यस्तो भइरहेको छैन । उहाँहरु के मा अलमलिनुभएको छ । के मिलिरहेको छैन । त्यसो नहुनुपथ्र्यो । हामीलाई प्रतिपक्षमै बस्न भनेर जनताले जनमत दिएका हुन् । सुशासन कायम गर्न र सरकारको स्थायित्व कायम गर्न, जनतालाई सेवन सुविधा प्रवाह गर्न जसरि काँग्रेस र एमाले एक ठाउँमा आउनुपर्‍यो भन्ने दाबी थियो । तद्अनुरुप गैदिएको भए हुन्थ्यो । तर त्यस्तो भएन । यो व्यवस्थाको लागि पनि यो राम्रो हो जस्तो मलाई लाग्दैन । कुराहरु राम्रा छैनन् आशा लाग्दा छैनन् । यस्तै रह्यो भने राजनीतिक वितृष्णाको श्रृंखला त्यो बढ्दै जाने खतरा देख्छु म ।
दुई दल बनेको सरकारले आशा र भरोसा लाग्दा कुरा भएका छैनन् । के कुरामा अल्झिनुभयो । सुशासन कायम गर्नको लागि एक ठाउँमा आएको भन्ने उहाँको सम्झौताअनुसार जानुपथ्र्यो । कुराहरु आशा राख्दा छैन । यस्तै हो भने आउँदा दिनहरुमा राजनीतिप्रति जनताको वितृष्णा बढ्ने खतरा बढ्दै जान्छ । रास्वपाको राजनीति तल्लो तहसम्म्म गएको छ ।’

उनले पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको बताए । उनले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै न्यायालयले निक्ष्पक्ष फैसला हुनेमा पूर्णरुपमा पार्टी विश्वस्थ रहेको बताएका छन् ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस भइरहेका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?