Trending
>>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

काँग्रेस–एमाले मिल्नुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जानेछः रास्वपा प्रमुख सचेतक परियार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई आप्ठ्यारो स्थिति धकेलिरहेको टिप्पणी गरेका छन् ।

आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सुशासन, स्थायित्व र सेवा प्रवाहमा सहजता प्रदान गर्ने कुरामा वर्तमान सरकारले दाबी गरेअनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले सरकारले रास्वपालाई प्रतिपक्षमा बस्नकै लागि पठाएको बताए । उनले वर्तमान सरकारले एक ठाउँमा आउनुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जाने टिप्पणी गरेका छन् ।

उनले भने , ‘अहिलेको स्थिति अप्ठ्यारो छ, आशा लाग्दो छैन । संसदका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार बनाउनुभएको छ । त्यो सरकारले सञ्चार गर्नुपर्ने कुराहरु जति आशा लाग्दा हुनुपर्ने त्यस्तो भइरहेको छैन । उहाँहरु के मा अलमलिनुभएको छ । के मिलिरहेको छैन । त्यसो नहुनुपथ्र्यो । हामीलाई प्रतिपक्षमै बस्न भनेर जनताले जनमत दिएका हुन् । सुशासन कायम गर्न र सरकारको स्थायित्व कायम गर्न, जनतालाई सेवन सुविधा प्रवाह गर्न जसरि काँग्रेस र एमाले एक ठाउँमा आउनुपर्‍यो भन्ने दाबी थियो । तद्अनुरुप गैदिएको भए हुन्थ्यो । तर त्यस्तो भएन । यो व्यवस्थाको लागि पनि यो राम्रो हो जस्तो मलाई लाग्दैन । कुराहरु राम्रा छैनन् आशा लाग्दा छैनन् । यस्तै रह्यो भने राजनीतिक वितृष्णाको श्रृंखला त्यो बढ्दै जाने खतरा देख्छु म ।
दुई दल बनेको सरकारले आशा र भरोसा लाग्दा कुरा भएका छैनन् । के कुरामा अल्झिनुभयो । सुशासन कायम गर्नको लागि एक ठाउँमा आएको भन्ने उहाँको सम्झौताअनुसार जानुपथ्र्यो । कुराहरु आशा राख्दा छैन । यस्तै हो भने आउँदा दिनहरुमा राजनीतिप्रति जनताको वितृष्णा बढ्ने खतरा बढ्दै जान्छ । रास्वपाको राजनीति तल्लो तहसम्म्म गएको छ ।’

उनले पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको बताए । उनले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै न्यायालयले निक्ष्पक्ष फैसला हुनेमा पूर्णरुपमा पार्टी विश्वस्थ रहेको बताएका छन् ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस भइरहेका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?