Trending
>>   माइक जोनसन अमेरिकी संसदको सभामुखमा पुनः निर्वाचित >>   डिसेम्बरमा टर्कीको मुद्रास्फीति ४४.३ प्रतिशतमा घट्यो >>   टर्कीको सामान निर्यात २०२४ मा २६२ अर्ब अमेरिकी डलर >>   आज २०८१ साल पौष २० गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   अहिले आक्रमण भइरहेको छ, पार्टी निर्णयविरुद्ध जान हुँदैन : पोखरेल >>   निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यकः निजी क्षेत्र >>   अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः उपाध्यक्ष अधिकारी >>   कर्मचारीतन्त्रको स्थायित्व र गुणस्तरीय सेवा प्रवाहका लागि आवधिक सरुवा प्रणाली लागू गर्नुपर्छः लोकसेवा आयोग >>   ‘पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिन हुँदैन’ >>   ‘बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब’
Logo
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्लाः वामदेव गौतम


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेका छन् ।

बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबीच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गरेका छन् ।

उनले भने , ‘समझदारी विकास गर्नेबारेमा छलफल भयो । अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि ।’

छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबीच छलफल भएको र छलफल सकारात्मक रहेको बताए । उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताए । उनले एकतावद्ध भइ अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको बताएका छन् ।

उनले भने , ‘एकता अभियानका संयोजक वामदेव गौतमसँग हाम्रो पार्टीका पदाधिकारीहरु बसेर छलफल गर्‍यौँ । छलफल धेरै विषयमा भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो । एतावद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो । वामदेव कमरेड र हाम्रो बीचमा छिटै एकतावद्ध भइ सँगसँगै अघि बढ्ने एक खालको सैद्धान्तिक समझदारी भएको छ । एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरुको व्यवस्थापनका कुराहरु भएको छ । हामी यि विषयहरु छिटै टुंग्याउँछौँ ।’

उहाँले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताउनु भयो । भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले भीम रावलसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढिरहेको दाबी गर्नुभयो ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?