Trending
>>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन >>   काँग्रेस पुरानो हुनुमा गर्व छः महामन्त्री थापा >>   स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेलेको एक वर्षः शुरु भयो नागरिक आरोग्य कार्यक्रम
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

टर्कीको सामान निर्यात २०२४ मा २६२ अर्ब अमेरिकी डलर


काठमाडौँ । सन् २०२४ मा टर्कीको सामान निर्यात २०२३ को तुलनामा २.५ प्रतिशतले बढेको छ ।

२०२३ को तुलनामा २.५ प्रतिशतले बढेर २६२ बिलियन अमेरिकी डलरको रेकर्ड उच्च पुगेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रवार घोषणा गरे । एर्दोगानकाअनुसार सबैभन्दा बढी निर्यात हुने शिर्ष पाँच शहरहरू उत्तरपश्चिमी क्षेत्रमा इस्तानबुल, कोकाली, बुर्सा र टेकिर्दागका साथै एजियन तटमा रहेको पश्चिमी बन्दरगाह शहर इज्मिर हुन् ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलले कुल ५६.८ बिलियन डलरको निर्यातमा अग्रस्थान लिएका छन् । यसको आर्थिक विकास रणनीतिको एक भागको रूपमा टर्की सरकारले २०२४ मा वित्तीय प्रोत्साहन र व्यापार सम्झौताहरू सहित निर्यातकर्ताहरूलाई समर्थन गर्ने नीतिहरू प्रश्तुत गरेका छन् ।

एर्दोगानले सरकारले वस्तु तथा सेवा निर्यातकर्ताहरूलाई सहयोग गर्न कुल २४.७ बिलियन टर्किस लिरा (६९९ मिलियन अमेरिकी डलर) उपलब्ध गराएको कुरामा जोड दिएका छन् ।

उनले सन् २०२५ मा निर्यात प्रोत्साहनको बजेट ३३ अर्ब लिरामा पुर्‍याउने समेत बताएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?