Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

टर्कीको सामान निर्यात २०२४ मा २६२ अर्ब अमेरिकी डलर


काठमाडौँ । सन् २०२४ मा टर्कीको सामान निर्यात २०२३ को तुलनामा २.५ प्रतिशतले बढेको छ ।

२०२३ को तुलनामा २.५ प्रतिशतले बढेर २६२ बिलियन अमेरिकी डलरको रेकर्ड उच्च पुगेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रवार घोषणा गरे । एर्दोगानकाअनुसार सबैभन्दा बढी निर्यात हुने शिर्ष पाँच शहरहरू उत्तरपश्चिमी क्षेत्रमा इस्तानबुल, कोकाली, बुर्सा र टेकिर्दागका साथै एजियन तटमा रहेको पश्चिमी बन्दरगाह शहर इज्मिर हुन् ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलले कुल ५६.८ बिलियन डलरको निर्यातमा अग्रस्थान लिएका छन् । यसको आर्थिक विकास रणनीतिको एक भागको रूपमा टर्की सरकारले २०२४ मा वित्तीय प्रोत्साहन र व्यापार सम्झौताहरू सहित निर्यातकर्ताहरूलाई समर्थन गर्ने नीतिहरू प्रश्तुत गरेका छन् ।

एर्दोगानले सरकारले वस्तु तथा सेवा निर्यातकर्ताहरूलाई सहयोग गर्न कुल २४.७ बिलियन टर्किस लिरा (६९९ मिलियन अमेरिकी डलर) उपलब्ध गराएको कुरामा जोड दिएका छन् ।

उनले सन् २०२५ मा निर्यात प्रोत्साहनको बजेट ३३ अर्ब लिरामा पुर्‍याउने समेत बताएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?