Trending
>>   टर्कीको सामान निर्यात २०२४ मा २६२ अर्ब अमेरिकी डलर >>   आज २०८१ साल पौष २० गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   अहिले आक्रमण भइरहेको छ, पार्टी निर्णयविरुद्ध जान हुँदैन : पोखरेल >>   निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यकः निजी क्षेत्र >>   अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः उपाध्यक्ष अधिकारी >>   कर्मचारीतन्त्रको स्थायित्व र गुणस्तरीय सेवा प्रवाहका लागि आवधिक सरुवा प्रणाली लागू गर्नुपर्छः लोकसेवा आयोग >>   ‘पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिन हुँदैन’ >>   ‘बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब’ >>   साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी >>   देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा
Logo
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

रगत निःशुल्क उपलब्ध गराउनुपर्छ : महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उनले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे ।

महामन्त्री थापाले भने , “रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ ।”

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । दानमध्येको ठुलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक काममध्येको महत्त्वपूर्ण र परोपकारी काम रक्तदान भएको भन्दै महामन्त्री थापाले गत दिने र लिनेबिच कुनै सम्बन्ध नहुँदा पनि सहयोग स्वरूप सम्बन्ध स्थापित हुने बताएका छन् ।

उनले थपे , “रक्तदान गर्नेलाई कसले प्रयोग गर्छ थाहा नहुने र लिनेले कसको रगत लियो त्यो पनि थाहा नहुने हुँदा रक्तदान पूण्यको काम हो ।”

उपशाखा सभापति कृपा राजभण्डारीले रक्तदानको महत्त्वका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेललगायत व्यक्तको उपस्थिति थियो ।

जिल्लामा उपचारका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यले विभिन्न सङ्घ संस्थाले यहाँ रक्तदानका कार्यक्रम गर्दै आएका छन् ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?