Trending
>>   आज २०८१ साल पौष २० गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   अहिले आक्रमण भइरहेको छ, पार्टी निर्णयविरुद्ध जान हुँदैन : पोखरेल >>   निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यकः निजी क्षेत्र >>   अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः उपाध्यक्ष अधिकारी >>   कर्मचारीतन्त्रको स्थायित्व र गुणस्तरीय सेवा प्रवाहका लागि आवधिक सरुवा प्रणाली लागू गर्नुपर्छः लोकसेवा आयोग >>   ‘पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिन हुँदैन’ >>   ‘बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब’ >>   साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी >>   देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा >>   सीमानाकाबाट भित्रिने पर्यटकहरु प्रहरी चेकिङबाट निरुत्साहित भए, सुधार गरौँः अध्यक्ष जोशी
Logo
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

५ देशका राजदूतले लिए शपथ


काठमाडौं । विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शपथ ग्रहण गराएका छन् ।

बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर,पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले शपथ लिएका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए । समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?